राप्रपाका नेता पक्राउलगत्तै आजको आन्दोलन स्थगन

नयाँलिपिः सिंहदरबार परिसरबाटै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द शाही र उपाध्यक्ष एवं उपनेता बुद्धिमान तामाङ पक्राउ परे लगत्तै आन्दोलन पनि रोकिएको छ ।

राप्रपाको आन्दोलन बिजुलीबजार क्षेत्रमा जारी थियो । आन्दोनकारीहरु प्रहरीको ब्यारिकेट अगाडी नाराबाजी गरिरहेका थिए । यसैबीच सिंहदरबार गेटबाटै नेतात्रय पक्राउ परेपछि सम्बोधन गर्दै महामन्त्री विक्रम पाण्डेले आन्दोलन स्थगन गरेकाे घोषणा गरे ।

‘आजको आन्दोलन यही स्थगन हुन्छ, अब हामी थुनिएका नेता छुटाउने प्रयास गर्छाै’ पाण्डेले भने ।

पाण्डेपछि नेता दिपक सिंह बोहोराले सम्बोधन गर्दै राप्रपाले सिंहदरबारभित्रै प्रदर्शन गरेर भ्रष्ट सरकारलाई देखाइदिएको बताए ।

आन्दोलन सकिएपनि प्रदर्शनकारीहर नाराबाजी गर्दै माइतीघरतर्फ लागेका छन् ।

Exit mobile version