आफ्नै ‘बडिगार्ड’सहित पोखराको कोटीहोममा आइन् देवि प्रतिभा

नयाँलिपिः मानवसेवा फाउण्डेशनद्वारा पोखराको बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल सञ्चालित श्रीमद्भागवत कथा प्रवचनको कार्य गत चैत्र २९ गतेबाट सुरु भएको छ ।

कोटीहोममा कथावाचनकालागि आज देवि प्रतिभा पोखरा आइपुगेकी छिन् । देवि प्रतिभा भारतबाट आफ्नै अंगरक्षक र वाद्यवादनको टोलीसहित पोखरा विमानस्थलमा अवतरणपश्चात् महायज्ञस्थल पुगेकी छिन् ।

उनलाई महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्णमुर्तिलगायतले स्वागतपछि कोटीहोमस्थल पु¥याएका छन् । प्रतिभालाई स्थानीयवासीले भव्य स्वागत गरेका छन् ।

२५ जनाको समूहमा आएकी प्रतिभाले २ साता कथावाचन गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच कथावाचक अनुराधालाई आजै बिदाई गरिएको छ । अनुराधाले गत बिहीबारदेखि महायज्ञस्थलमा श्रीमद्भागवत कथा प्रवचन गरेकी थिइन् ।

फाउण्डेशनले बैशाख १७ देखि जेठ २६ गतेसम्म आयोजना गर्ने कोटीहोम विराट ज्ञान महायज्ञको तयारी तीब्र पारेको छ ।

Exit mobile version