गण्डकी कोटिहोमः अनुराधाको बिदाईपछि प्रतिभाजीद्वारा कथावाचन सुरु

नयाँलिपिः पोखरा महानगरपालिका १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल सञ्चालित श्रीमद्भागवत कथा प्रवचनको कार्य गत चैत्र २९ गतेबाट सुरु भएको छ ।

बाल विदुषी अनुराधा पाण्डेयले विगत ६ दिन देखी संगितमय श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छिन् । यसैविच उनको कथा प्रवचन शुक्रबार समापन हुने र उनको बिदाई गर्ने कार्यक्रम रहेको छ ।

अनुराधापछि कथा वाचिका देवी प्रतिभालाई दिउँसो २ बजे पोखराको बिरौटामा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

देवी प्रतिभाजीको स्वागतार्थ पोखरावासीलाई सहभागी भइदिन आयोजकको आग्रह छ ।

Exit mobile version