गृहमन्त्री, सचिव र सिडिओसहित उच्चपदस्थ अधिकारी पोखरामा

नयाँलिपिः सरकारका उच्चपदस्थ अधिकारीहरु गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकमा सहभागी हुने भएका छन् ।

गोष्ठीमा गृहमन्त्री रमेश लेखकसहित गृहसचिव, ३ वटै सुरक्षा निकायका प्रमुखहरूसहभागी हुने बताइएको छ ।

प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरू बैठकमा सहभागी हुनेछन् ।

यसअघि चैत २१ गतेका लागि तय गरिएको सुरक्षा गोष्ठी प्रधानमन्त्री केपी ओली देशबाहिर रहेका कारण स्थगित भएको थियो ।

प्रधानमन्त्री ओलीले आफू नभएका बेला राजधानी नछाड्न मन्त्रीहरूलाई निर्देशन दिएपछि गोष्ठी स्थगित गरिएको थियो ।

गण्डकी प्रदेश सरकारको समेत सहभागितामा हुने कार्यक्रममा प्रदेशको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रस्तुति हुनेछन् । प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत प्रस्तुति गर्नेछन् ।

पोखराको पुरानो विमानस्थलमा सञ्चालनमा ल्याइएको प्रदेश गोदाम घर गृहमन्त्री लेखकले शुक्रबार बिहान गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको कास्कीका प्रजिअ भरतमणि पाण्डेले जानकारी दिए ।

गृहमन्त्री लेखक ३ दिन पोखरा रहनेछन् ।

Exit mobile version