आफ्नै रेकर्ड तोड्न ३१ औं पटक सगरमाथा उक्लदै कामिरिता

नयाँलिपिः तीसौं पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण कामीरिता शेर्पाले ३१ औँ पटक आरोहण तयारी थालेको जनाइएको छ ।

शेर्पा आरोहणका लागि आधार शिविरतर्फ लागेको सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले उल्लेख गरेको छ । विश्वबाटै सबै भन्दा धेरै पटक सगरमाथाको आरोहण गर्ने आरोही कामीरिता हुन् । उनले यस पटक आफ्नो विश्व कीर्तिमान आफैले तोड्ने भएका छन ।

कामीरिताले यसपटकको वसन्तयाममा ३१औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्वकीतिर्मान तोड्न लागेका हुन् ।

उनले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३०औँ पटक रेकर्ड राखेका थिए । पुनः त्यो रेकर्ड तोड्न ३१औँ पटक सगरमाथाको शिखर चुम्न केही दिनपछि त्यसतर्फ जाने शेर्पाले सञ्चारमाध्यमलाई बताएका छन् ।

“सगरमाथा आरोहणका लागि एक-दुई दिनपछि जाँदैछु, यो ३१ पटकको आरोहण हो । कतिपटक सगरमाथा चढ्ने भन्ने विषय आरोहण क्षेत्रको मौसम र अवस्थाले निर्धारण गर्छ”, उनले भनेका छन् ।

Exit mobile version