पोखरा । घाचोक– माछापुच्छ«े पोखरा सम्पर्क समाजले प्रकाशन गरेको भित्ते पात्राको आज विमोचन गरिएको छ ।
पोखरामा आयोजित एक कार्यक्रम सहित भित्ते पात्रो विमोचन तथा नयाँवर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान गर्यो ।
समाजको भित्तेपात्रोको समाजका ज्येष्ठ सल्लाहकार सुवेदार तोरणबहादुर गुरुङ र समाजका अध्यक्ष तोयनाथ वैरागी लम्सालले संयुक्त रुपमा विमोचन गरे ।
कार्यक्रममा समाजका सल्लाहकारहरु मीनप्रसाद लम्साल, मीनराज लम्साल, गंगालाल पोखरेल तथा समाजका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले समाजका गतिविधिलाई थप सिर्जनशील र सक्रिय बनाउने बारेमा भनाई राख्नुभएको थियो । उहाँहरुले नयाँवर्षको शुभकामना व्यक्त गर्दै छोटो समयमै समाजले स्थापित हुने काम गरेको बताए ।
उक्त कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको सभापतिमा निर्वाचित, समाजका सहसचिव विष्णु पोखरेल र समाजका कार्यसमिति सदस्य कृष्ण दवाडी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकामा बधाई ज्ञापन गरिएको समाजका समाजका सचिव जगत गुरुङले जानकारी दिए ।