एजेन्सी । मिचेल स्टार्सले आफ्नो टि२० क्रिकेट करियरमा पहिलो पाँच विकेट लिएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सानदार जित निकालेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै दिल्लीले आइपिएलमा लगातार दोस्रो जित दर्ता गरेको हो । यो जितसँगै दिल्ली ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
सनराइजर्सलाई कम स्कोरमा रोक्न दिल्लीका मिचलेलले पाँच विकेट झारे । उनले ३.४ ओभरमा ३५ रन खर्चे । कुलदिप यादवले ३ विकेट लिए । मोहित शर्माको नाममा एक विकेट रह्यो । विशाखापट्टनममा टस जितेर ब्याटिङ गरेको हैदरावाद १८.४ ओभरमा १ सय ६३ रन बनाउँदा अलआउट भयो ।
अनिकेत बर्माले सर्वाधिक ७४ रनको योगदान दिए । हेनरिच क्लासेनले ३२ र त्राभिस हेडले २२ रन थपे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । हैदरावादले दिएको १ सय ६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । दिल्लीका ओपनर फाफ डु प्लेसिसले अर्धशतक पूरा गरे । उनले २७ बलमा ३ चौका र ३ छक्का सहयोगमा ५० रन बनाउँदा जेसन अन्सारीको बलमा क्याच आउट हुन पुगे ।
अर्का ओपनर जेके फ्रासर ३८ रन बनाउँदा जेसन कै बलमा कट एण्ड बोल्ड भए । केएल राउल १३ रन बनाउँदा अन्सारी कै बलमा बोल्ड हुन पुगे । अभिषेक पटेल ३४ र त्रिस्टन स्टुब्स २१ रनमा अविजित रहे ।
आइतबार नै भएको अर्को खेलमा राजस्थान रोयल्सले आइपिएलमा तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ । चेन्नइलाई ६ रनले हराउँदै राजस्थानले तेस्रो खेलमा आएर पहिलो जितको स्वाद लिन पाएको हो ।