नयाँलिपिः पोखरामा विश्वप्रसिद्ध मोटरसाइकल कम्पनी यामाहाले ग्राहकवर्ग लक्षित “यामाहा मेघा एक्सचेन्ज अफर” सुरु गरेको छ ।
अमरसिंहचोकस्थित खेलमैदानमा सुरु भएको अफर कार्यक्रममा रोमाञ्चक डिल र छुट प्रदान गरिएको आधिकारिक डिलर भिएडब्लू इन्टरप्राइजेज प्रालिले जनाएको छ
चैत १६ देखि २२ गतेसम्म चल्ने मेगा एक्सचेन्जमा ग्राहकहरूले आफ्नो पुरानो बाइक र स्कुटरलाई ब्रान्ड न्यू यामाहा दुई पाङ्ग्रे सवारी साधनसँग साट्न सक्ने महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए ।
‘एक्सचेन्जमा आफ्नो दुई पाङ्ग्रे सवारीको अपग्रेड गर्न पहिलेभन्दा झन् सजिलो र फाइदाजनक बनाएको छ’ प्रालिका महाप्रबन्धक श्रेष्ठले भने ।
यामाहा मेगा एक्सचेन्ज कार्यक्रम अन्तर्गत पुरानो बाइक वा स्कुटरमा १० हजार रुपैयाँको अतिरिक्त मूल्याङ्कन प्राप्त गर्न सकिनेछ। त्यस्तै, नयाँ यामाहा बाइक खरिदमा ६ हजार रुपैयाँ नगद छुट उपलब्ध हुने श्रेष्ठले बताए ।
यसका साथै, हेलमेट, लेग गार्ड, फुट म्याट, बाइक कभर र ब्याग जस्ता निशुल्क सामानहरू पनि प्रदान गरिने जनाइएको छ ।
यामाहा मेगा एक्सचेन्ज कार्यक्रम ग्राहकहरूको पुरानो सवारीलाई अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र विश्वसनीयतासहितको नयाँ यामाहा बाइक वा स्कुटरसँग साट्ने उत्कृष्ट अवसर प्रदान गर्नेसमेत उनले बताए ।
“हाम्रो उद्देश्य ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवा प्रदान गर्नु हो। यामाहा मेगा एक्सचेन्ज कार्यक्रम ग्राहकहरूको लागि यामाहा बाइकमा अपग्रेड गर्ने उत्कृष्ट अवसर हो, जसले सजिलो र लाभदायक किनमेल अनुभव प्रदान गर्दछ” श्रेष्ठले प्रष्ट्याए ।
कार्यक्रम यामाहा प्रेमीहरूका लागि ठूलो नगद छुट, उत्कृष्ट मूल्याङ्कन तथा विशेष उपहारहरूसहित नयाँ बाइक खरिद गर्न उपयुक्त अवसर हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालमा बलियो उपस्थिति राख्दै, यामाहाले नवीन उत्पादन र असाधारण अफ्टर सेल्स सेवाहरूमार्फत निरन्तर रूपमा बजारको नेतृत्व गरिरहेको छ।