नयाँलिपिः पोखराको नदीपुरस्थित कन्या माविलाई ग्लोबल आइएमइ बैंक चिप्लेढुंगा शाखाले विभिन्न सामग्री सहयोग गरेको छ ।
विद्यालयको सभाहलमा एक कार्यक्रम आयोजना गरि बैंकले अध्ययन र खेलकुदलगायतका सामग्री सहयोग गरेको हो । सामग्री हस्तान्तरण गर्दै बैंकका गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटाले विद्यार्थीहरुलाई बैंकले आगामी दिनमा थप शिक्षामूलक कार्यक्रममा सघाउने बताए ।
बैंकले सामाजिक उत्तरदायित्व वहन गर्ने जिम्मेवारीकासाथ भविष्यमा पनि सहयोग जारी राख्ने बताएका छन् ।

प्रमुख अतिथि वडा ३ का अध्यक्ष प्रकाशमान उदासले बैकले गरेको सहयोगको प्रंशसा गर्दे यस्तो सहयोगले नानीहरुको पढाईमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चिरञ्जिवी द्वा, प्रधानाध्यापक प्रेमबहादुर बुढाथोकी, प्रादेशिक कार्यालय बजार व्यवस्थापक राजकुमार महर्जन,चिप्लेढुंगा शाखाका म्यानेजर अरुण भट्ट लगायतको उपस्थिति रहेको थियो ।