पोखरामा ‘राष्ट्रिय भेट्रान्स फुटबल’ प्रतियोगिता हुने

पोखरा । पोखरामा ‘राष्ट्रिय ८ ए साइड भेट्रान्स फुटबल’ प्रतियोगिता हुने भएको छ । अमरसिंह ब्वाइज (एबिसी) को आयोजनामा ४५ वर्षमाथिको भेट्रान्स फुलबल प्रतियोगिता हुन लागेको हो ।

चैत २७ गतेदेखि पोखरा रंगशालाको बि खेल मैदानमा हुने तेस्रो संस्करणको फुटबल प्रतियोगितामा देशभरबाट १४ टिमले सहभागी जनाउने आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा ढोलाहिटी काठमाडौं,हेटौडा,बुटवल,चितवन,सिमरा,बिरगञ्ज,रवि काठमाडौ,प्रदीप,अजब काठमाडौं,संगम,बगर,भाई खलक,वारिय।र र आयोजक ए.बि.सी सहित १२ टीमले सहभागीता जनाउने पक्का भएको र अन्य २ टीमको आज भोलिनै फिक्स हुने क्लबका अध्यक्ष राजेश गुरुङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार ५ सय ५५ नगद सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले ७७ हजार ७ सय ७७ नगद र मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
“आपसी सद्भाव,स्वास्थ्य र भाइचारका लागि फुटबल” भन्ने मुल नाराका साथ आयोजना हुन गईरहेको फुटबल प्रतियोगिता चैत ३० गते सम्म संचालन हुनेछ ।

प्रतियोगिता संचालन गर्न करिब १४ लाख खर्च हुने अनुमान गरेको र बचत रकम फुटबल विकासमा खर्चने प्रतियोगिता सुरक्षा संयोजक दिपक थापाले बताए ।

Exit mobile version