शाही युवा शक्तिले भोली पूर्वराजाको पक्षमा प्रदर्शन गर्ने

नयाँलिपिः शाही युवा शक्ति नेपालले भोली शनिबार काठमाण्डाैमा राजतन्त्रको पक्षमा र्‍याली प्रदर्शन गर्ने भएको छ ।

आज पत्रकार सम्मेलनमार्फत शाही युवा शक्ति नेपालले भोलि र्‍यालीमा सहभागी हुन आह्वान गरेको छ । शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले देश बचाउनका लागि नेपाली जनताहरु राष्ट्रिय झण्डा बोकेर सडकमा निस्किनु पर्ने बताएका छन् ।

अध्यक्ष खड्काका अनुसार भोलिका कार्यक्रम सामाखुसीबाट दिनको साढे १२ बजेबाट सुरु भएर नारायणहिटीतर्फ अगाडि बढ्ने छ । नारायणहिटीमा रहेको श्रीपेच झिकेर ज्ञानेन्द्रलाई पहिर्याउनेसम्म आफूहरुको आन्दोलनको लक्ष्य रहेको उनले सुनाए ।

‘हामी नारायणहिटी केन्द्रीत आन्दोलन किन गरिरहेका छौं भने त्यो श्रीपेच नारायणहिटी दरबारमा छ । जनताको नासो श्रीपेच लिने र श्री ५ ज्ञानेन्द्र सरकारलाई पहिराएर ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्ने, गद्दि आरोहण गर्ने हाम्रो कार्य भएको कारणले सबै जनता शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन म अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

Exit mobile version