चाथौं शितलज्योति कपको टाईसिट सार्वजनिक,उद्धघाटन खेलमा नाकोस र फुलबारी भिड्ने

पोखरा । ‘चाथौ शितलज्योति कप’ २०८१ को टाइसिट सार्वजनिक भएको छ ।

आयोजक शितलज्योति युवा क्लबले चैत ३ गते देखि संञ्चालन गर्ने चौथो संस्करणको फुटबल प्रतियोगिताको शनिबार फेसबुक लाईभ मार्फत टाइसिट सार्वजनिक गरेको हो।

प्रतियोगितामा कास्की जिल्ला फुटबल संघमा आवद्ध भएको २१ क्लब मध्य १२ क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल चैत ३ गते दिनको ३ बजे पोखरा रंगशालामा नाकोस क्लब र फुलबारी क्लब बिच हुनेछ। प्रतियोगिताको फाइनल खेल चैतको ९ गते हुनेछ ।

समूह ‘ए’ तर्फ आदर्श युवा क्लब,गार्डेन फुटबल क्लब,ढुकुरपोखरी युवा समाज,नाकोस,फुलबारी क्लब,र एलजि एसोसियसन रहेका छन ।

समूह ‘बी’ मा आयोजक शितलज्योति युवा क्लब सहित संगम युवा क्लब,सहारा क्लब,बिष्णुपादुका क्लब,बि १३ र डेभिडफ क्लब रहेका प्रतियोगिता संयोजक निरज गुरुङले बताए ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको विजेताले २ लाख नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र गर्नेछ भने उपविजेताले १ लाख नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गर्नेछ ।

सेमिफाइनल सम्म पुग्ने क्लबले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उ्र्रत्कृष्ट खेलाडीलाई माउण्टेन बाईक,उत्कृष्ट गोलरक्षक,डिफेन्डर,मिडफिल्ड,प्रशिक्षक सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार प्रदान गरिने आयोजक शितलज्योति युवा क्लबले जनाएको हो ।

‘समाज निर्माणमा आजको युवा’ भन्ने नाराका साथ २०७० सालमा स्थापित शितलज्योती युवा क्लबले फुटबल संगै समाजिक कार्य गर्दे आईरहेको छ ।

Exit mobile version