नयाँलिपिः गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशककालागि जागिर खुलेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त पदको परिपुर्ति गर्न विज्ञापन खुलाएको छ । जसअनुसार इच्छुकले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा २ हजार ५ सय रुपैयाँ जम्मा गरी आवेदन दिन सक्नेछन् ।
विज्ञापनमा जनाइएअनुसार उम्मेदवारसँग निम्न योग्यता हुनुपर्नेछः
– मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उर्त्तीण गरेको र कम्तीमा १० वर्षको अनुभव भएको वा स्नातक तहपछि – १५ वर्षको अनुभव भएको।
– उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको।
– कुनै फौजदारी कसुरमा अदालतबाट दोषी नठहरिएको।
– राजनीतिक दलको सदस्य नरहेको।
– गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानसँग कुनै स्वार्थ सम्बन्ध नरहेको।
उम्मेदवारहरूले निम्न कागजातहरू अनिवार्य रूपमा बुझाउनुपर्नेछः
-व्यक्तिगत विवरण
-कार्ययोजना
– प्रस्तुतीकरण सामग्री
दरखास्त दिने उम्मेदवारले प्रतिष्ठानको संस्थागत विकास, प्रशासकीय व्यवस्थापन, स्रोत साधन परिचालन, प्रशिक्षणको प्रभावकारिता, समय र सहकार्य जस्ता विषयमा विस्तृत कार्ययोजना तयार गरी बुझाउनुपर्नेछ।
दरखास्त दिने अन्तिम मिति सूचना प्रकाशन भएको १५ दिनसम्म रहेको छ ।
