गण्डकी प्रदेशको कावा मुख्यमन्त्रीमा पद्या जिसी श्रेष्ठ

नयाँलिपिः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारत गएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मा दिइएको छ ।

मुख्यमन्त्री पाण्डे पत्नीको उपचार गर्न भारत गएपछि श्रेष्ठलाई जिम्मेवारी दिइएको हो ।

मुख्यमन्त्री पाण्डे यसअघि असोज २० र साउन १३ गते पनि आफ्नो घुँडाको उपचारका लागि भारत गएका थिए ।

अहिले भने श्रीमतीको उपचारका लागि गएको र केही दिनमा फर्किने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Exit mobile version