नेपाली नयाँ वर्षको स्वागतार्थ फेवा महोत्सव हुने

नयाँलिपिः होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म फेवा महोत्सव आयोजना गर्ने भएको छ ।

नयाँ वर्षको स्वागतार्थ आयोजना हुने महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि उत्तिकै महत्व दिएर मनाउने र नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको संयोजक सुवेदीले प्रष्ट्याए ।

देशविदेशका पर्यटलाई पोखरामा आकर्षित गर्ने र फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्धेश्य पनि महोत्सवले बोकेको उनले बताए ।

ड्यामसाइडदेखि गैराको चौतारा सम्मको तीन किलोमिटर भन्दा लामो क्षेत्रमा सडकमै यो महोत्सव आयोजना हुने छ । निःशुल्क प्रवेशको व्यवस्था महोत्सवमा हुने आयोजक समितिले जनाएको छ ।

विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाचगान, पर्यटकीय स्टलहरु र खेलकूदका कार्यक्रम समेत महोत्सवमा समेटिने छन् ।

Exit mobile version