नयाँलिपिः काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ ।
विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।
५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।
तर अहिले अपरान्ह १२ बजेको समयमा भने काठमाण्डौैको एक्यूआइ बढेर २०० पुगेको छ ।
छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो ।
त्यस्तै दक्षिण यसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।
तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।
यता पोखरामा भने आइक्यूए १३५ रहेको छ । यस सूचकांकलाई ‘अस्वस्थ’ मानिएको छ ।
वायु गुणस्तर सूचकांक एक्यूआई का मापदण्ड वातावरण विभागका अनुसार ०–५० एक्यूआई राम्रो, ५१–१०० मध्यम, १०१–१५० अस्वस्थ, १५१–२०० अस्वस्थ (संवेदनशील समूहका लागि जोखिमपूर्ण),२०१–३०० निकै अस्वस्थ, ३०१ भन्दा माथि खतरनाक मानिन्छ।
यसअघि माघ ३० गते पोखरा देशकै वायु प्रदुषित सहर बनेको थियो । उक्त दिन पोखराको एक्युआई १८७ रहेको थियो । उक्त नम्बरलाई ‘अस्वस्थ र जोखिमपूर्ण मानिन्छ ।