कास्कीबाट एक महिनामै ‘चेक बाउन्स’मा ९६ पक्राउ

नयाँलिपिः जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनाको अवधिमा चेक बाउन्स (चेक अनादार) मुद्दाका ९६ जनालाई पक्राउ गरेको जनाएको छ ।

माघ १ गतेदेखि हालको अवधिसम्म जिप्रका कास्कीले कूल १ सय ५३ जनालाई विभिन्न मुद्दामा पक्राउ गरेको हो । जसमध्ये २८ महिला रहेका छन् ।

मुद्दाको उक्त संख्यामा चेक बाउन्सपछि बैंकिङ कसुरका १८ र लागुऔषध मुद्दाका १४ रहेका छन् । सबैभन्दा कम कुटपिट मुद्दाका १ जना रहेका छन् । प्रतिवादीहरु कास्की जिल्ला अदालतको फैसलापछि फरार रहेको जनाइएको छ ।

उनीहरुबाट १ करोड ५२ लाख ४६ हजार ८८६ रुपैयाँ असुल उपर गर्न अदालत उपस्थित गराइएको समेत कास्की प्रहरीले जनाएको छ ।

Exit mobile version