बरपीपल ठुट्याइसकेपछि महानगरको चासो, कारवाही गर्ने तयारी

नयाँलिपिः पोखरा महानगरभित्र सयौं वर्ष पुराना वरपिपल फेदमात्रै राखेर ठुट्याएपछि पोखरेलीहरुले सामाजिक सञ्जालमार्फत विरोध जनाएको करिब २ हप्तापछि महानगर दोषि पत्ता लगाई कारवाही गर्न तम्सिएको छ ।

महानगरले आज सार्वजनिक बिदाको दिन विज्ञप्तीमार्फत अनुमतिबिना वरपिपल काटेको भन्दै कारवाही गर्ने जनाएको छ । ‘अनधिकृतरुपमा रुख कटान गर्ने कार्य दण्डनीय हुने सचेत गराउँदै कटानमा संलग्न जो कोहिलाई कडा कारवाही गरिनेछ’ विज्ञप्तीमा उल्लेख छ ।

महानगरले दोषि पहिचान गरी कारवाही गर्ने बताएपनि यसअघि लेकसाइडमा मानवसेवा फाउण्डेशनले मिनी ट्रक ल्याएर त्यस क्षेत्रका वरपिपल कटान गरी लगेको प्रत्यक्षदर्शी थुप्रै छन् ।

कटानपछि लोड गर्दै गरेको अवस्थामा नयाँलिपि सम्वाददाताले के प्रयोजनमा कटान गरी लैजान लागेको ? भन्ने प्रश्नमा फाउण्डेशनका सदस्यहरुले महायज्ञमा धुनी जगाउन कटान गरेको बताएका थिए ।

अनुमतिका विषयमा भने उनीहरुले ‘सोधेरै’ काटेको बताएपनि को–कससँग भन्ने खुलाउन चाहेका थिएनन् ।

पोखरा १४ नम्बर वडा कार्यालयको शुभमार्गस्थित चौतारो पनि ठुट्याएपछि स्थानीयवासीले खबरदारी गरेपछि महानगर बल्ल सचेत भएको छ । त्यसो त १४ को वडा

कार्यालय नजिकैको चौतारीपनि काँटछाँट गर्ने नाममा विरुप पारिएको छ ।

वडाभित्रका सबै वरपिपल फाउण्डेशनले काटेको वडाध्यक्ष बोधबहादुर कार्कीले बताइसकेका छन् ।

महानगरपालिकाले कसैलाई पनि महायज्ञ वा कोटीहोम गर्न वरपिपल काट्न अनुमति नदिएको बताएको छ ।

Exit mobile version