ज्वालाको रास्वपालक्षित कटाक्षः मेरो विरोध गर्नेहरु कुनैनकुनै काण्डमा मुछिएका छन्

नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले आफ्नो स्टाटसलाई लक्षित गर्दै विरोध गर्ने पार्टीका सदस्यउपर कटाक्ष गरेकी छिन् ।

ज्वालाले फेसबुकमा ‘ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास गर्दै गएँ भने भोलि नाकमुख देखाउन गार्हो होला महोदय’ लेखेकी छिन् ।

‘मैले केही अपराध गरेको छैन, कसैको एक सुको खाएको छैन, पार्टीभित्र बसेर गुट र फुटको गन्धा धन्दा गरेको छैन। सकेसम्म राम्रो गरौँ, नसके नराम्रो पनि नगरौँ भन्ने सोच हो। आज पनि म पार्टीभित्र यसकारण छु कि त्यहाँ रबि दाइ हुनुहुन्छ अनि अरु केही राम्रा साथीहरू। मेरो एउटा सामान्य लेखाइको त्रुटि, त्यो पनि मैले सच्याएर ३ वटा स्पष्टीकरणसहितका स्टाटस लेख्दासमेत मलाई खेद्न छोडेका छैनन्’ ज्वालाले थपेकी छिन् ।

यसअघि उनले ‘रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निकै उफ्रिँदैछ रे त साथीहरू। अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी’ लेखेकी थिइन्।

पछि त्यसलाई सच्याएर ‘एउटा बलात्कारी आज निकै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी’ बनाएकी थिइन्।
सम्भवतः यही स्टाटसमाथि रास्वपाका सदस्यले टिप्पणी गरेको आंकलन छ ।

Exit mobile version