गण्डकी प्रदेशलाई जीतको उपहार दिनेछुः फामी मिलादी

पोखरामा जारी टाइगर कप भलिबलमा गण्डकी प्रदेशको टिममा ३ विदेशी खेलाडी छन् । गण्डकीसँग प्रतियोगिताकै सबैभन्दा अग्ला खेलाडी पनि रहेको छ । २ मिटर अग्ला ट्युनिशियाका फामी मिलादीलगायतका खेलाडीको बलमा गण्डकीले मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई हराएको छ । एपीएफविरुद्ध जीत दर्ता गरेपछि उनै मिलादीसँग गरिएको कुराकानी संक्षेपमाः

नेपाली खेलाडी र टिमसँगको वातावरण कस्तो छ ?
– धेरै राम्रो । छोटो समयमै हामी घुलमिल भएका छौं । खेल जित्ने वातावरण बनिरहेको छ । म मेरोे देश बाहिर पहिलो पटक खेल्न निस्किएको छु । प्रत्येक दिन खेलमा सुधार भइरहेको छ ।

भलिबल इन्डोर गेम हो । यहाँ खुल्ला स्थानमा खेल्दा कस्तो अनुभव भइरहेको छ ?
– मैले आजसम्म यस्तो खुल्ला ठाउँमा खेलेकै थिइन । हामी सँधै इन्डोर खेल्छौं । मलाई यस्तो खुल्ला स्थानमा खेल्न केही गाह्रो भएको छ । शायद, यसपछिको खेलमा केही बानी पर्छ कि !

टिममा भाषाकाकारण केही समस्या छ ?
– धेरथोर समस्या त छ नै । सुरुको खेलमा एकहिसाबले कम्युनिकेशन ग्यापजस्तै थियो । अहिले टिममा समन्वय भइरहेको छ । अब भाषाकै कारण समस्या छैन ।

प्रतियोगिताको टाइटल जितिएला ?
– अवश्य । हामी गण्डकीलाई जीतको उपहार दिनेछौं । ट्रफि हाम्रो हो ।

नेपाल कस्तो लाग्यो ?
– नेपाल मेरो पहिलोपटक हो । धन्यवाद टिम गण्डकीलाई जसले मलाई यहाँ बोलायो । यहाँका मान्छे, खाना र प्रकृतिले मलाई मन्त्रमुग्ध बनाएको छ ।

 

Exit mobile version