नेयमारलाई अल हिलालले गर्यो बिदाई

एजेन्सी । साउदी प्रो लिग क्लब अल हिलालले चर्चित ब्राजिलियन खेलाडी नेयमारलाई बिदाई गरेको छ ।

क्लबले विज्ञप्तिमार्फत नेयमारसँग आपसी सम्झौता समाप्त भएको जानकारी दिँदै उनलाई बिदाई गरेको जनाएको हो ।

३२ वर्षीय नेयमार सन् २०२३ को अगस्टमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट अल हिलालमा अनुबन्धित भएका थिए ।
चोटका कारण लामो समय मैदानबाहिर बसेका उनले अल हिलालबाट सात खेल मात्रै खेले । उनलाई क्लबले ९० मिलियन युरोमा किनेको थियो ।

उनी अब आफ्नो बाल्यकालको ब्राजिलियन क्लब सान्तोसमा फर्किनेसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

Exit mobile version