‘मिस तामाङ पोखरा’ को ग्राण्ड फिनाले शनिबार

पोखरा । मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १२ गत शनिबार हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा हुने नवौं संस्करणको प्रतियोगिता पोखराको सभागृहमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ११ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा आकृति तामाङ, मञ्जिता पाख्रिन, प्रिन्सेस घिसिङ तामाङ, पुर्णिमा थिंङ्ग तामाङ, सुनिता तामाङ, शिशा लामा, सुप्रिया गोले तामाङ, पुर्णिमा लामा, सुमिना तामाङ, जमुना लामा र सोनिका तामाङ रहेको कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले जानकारी दिईन ।

प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछिन । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन ।

 

 

 

 

Exit mobile version