ग्राहकलाई ‘एक घण्टा बसौं न’ भनेपछि इन्ड्राइभ राइडर पक्राउ

नयाँलिपिः चितवन नारायणी नगरपालिका-४ का २५ वर्षीय इनड्राइभर चालक प्रविन बराललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। मंगलबार बराललाई काठमाडौंबाट पक्राउ गरिएको हो।

उनका अनुसार इनड्राइभ प्रयोग गरेकी महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै जाहेरी दिएकी थिइन्।

इन्ड्राइभ राइडरले ग्राहकलाई व्हाट्स एपमा म्यासेज गरेर ‘हामी बाटोमा कतै एक घण्टा बसौँ न, बरु म पैसा लिँदिन’ भनेका थिए ।

त्यसपश्चात्, ग्राहकले जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीमा उजुरी दिएपछि बराललाई पक्राउ गरिएको बताइएको छ ।

Exit mobile version