आगामी निर्वाचनमा माओवादी पहिलो दलः प्रचण्ड

santan ads

नयाँलिपिः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गरेका छन् ।

मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले गत मंसिर १५ मा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जागेको भन्दै अब ०८४ को निर्वाचनमा पहिलो दल बन्ने दाबी गरेका छन् ।

आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताए ।

उनले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको बताउँदै अब आउने चुनावमा २०६४ कै अवस्थामा फर्काउन आग्रह गरे ।

Scroll to Top