माओवादी अध्यक्ष प्रचण्ड भारत प्रस्थान, ‘भ्रमण राष्ट्रकै हितको पक्षमा केन्द्रीत हुनेछ’ : प्रचण्ड

-


     नयाँ लिपि    
     असार ३१ गते २०७९ मा प्रकाशित


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन विमानस्थलबाट शुक्रबार अपरान्ह प्रचण्ड तिन सदस्यीय टोलीसहित भारत जानुभएको हो ।

अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण नेपाल राष्ट्र र नेपाली जनताको हितकै पक्षमा केन्द्रीत हुने बताउनुभएको छ । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भ्रमणमा सीमा समस्याको सम्वोधन, नेपाल(भारत द्विपक्षीय सम्बन्ध, व्यापार घाटा लगायतका विषयमा छलफल हुने जानकारी दिनुभएको थियो ।
अध्यक्ष प्रचण्डले आफूले पहिलो प्रधानमन्त्रीत्व कालमा र पछि पनि भएका भारत भ्रमणमा नेपालको पक्षमा नै निर्णय हरु लिएको र नेपाल भारतको सम्वन्धलार्य नै थप प्रगाढ बनाएको बताउँदै अहिलेको भ्रमण पनि त्यसैको निरन्तरतामा छलफल हुने बताउनुभयो । प्रचण्डले यस बारेमा नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्र मन्त्रालयलगायतसँग छलफल र परामर्श गरेको जानकारी पनि प्रचण्डले दिनुभयो ।

प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको पनि बताउनुभयो । ‘देख्नलाई यो भ्रमण आकस्मिक जस्तो देखियो,’ प्रचण्डले भन्न्ुभयो ‘तर, यो मेरा लागि यो भ्रमण आकस्मिक होइन।’
राजदूत विजयमोहन क्वात्रा भएको बेलामा उपयुक्त समयमा भारत भ्रमणमा आउने प्रतिवद्धता जनाएको थिएँ, प्रचण्डले भन्नुभयो।
करिव डेढ महिना पहिले नेपालका लागि तत्कालिन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिनु भएको थियो ।
अध्यक्ष प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष श्री जगतप्रकाश नड्डाले प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिनु भएको हो।
अध्यक्ष प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कनु हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रचण्डको भ्रमण टोलीमा स्वकीय सचिवद्वय गंगा दाहाल र रमेश मल्ल पनि रहनुभएको छ ।

प्रचण्डले आफुले यस पछि छिट्टै चिनको पनि भ्रमण गर्ने बताउनुभएको छ । प्रचण्डले भर्खरै नेपालमा भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ आफूलाई चीन भ्रमणको निम्तो दिएको जानकारी दिनुभयो । ‘अब कोभिड पनि छिट्टै नियन्त्रणमा आउँदैछ, तपाईं छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ’ उनले भने, ‘र मैले चीन भ्रमणमा आउँछु पनि भनेको छु ।’

उहाँले यसअघि भारतीय राजदूतसँग कुरा हुँदा उपयुक्त समयमा भारत भ्रमण हुने बताएको जस्तै अहिले पनि चीनसँग कुरा भएको बतानुभयो । उनले अगाडि थप्नुभयो, ‘छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ ।’

प्रचण्डले सीपीसी विदेश विभाग प्रमुखको भ्रमण लगत्तै आफ्नो भारत भ्रमण तालिका परेकोमा कुनै साइनो नभएको स्पष्ट पार्नुभयो। ‘चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने कुरा र म भारत जाने कुरासँग कुनै सम्बन्ध छैन । यो प्रस्ट पार्न चाहान्छु’, प्रचण्डले भन्नुभयो ।

प्रचण्डले भारत भ्रमणका क्रममा आफूले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर भारतीय नेताहरुसँग कुराकानी गर्ने बताउनुभयो । भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारलगायतका विषयमा कुराकानी हुने जानकारी दिनुभएको थियो ।

प्रचण्डले दिल्लीमा बीजेपी अध्यक्ष नड्डा र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुहुनेछ । यसैगरी विदेशमन्त्री, बीजेपी विदेश विभाग प्रमुख डा। विजय चुथाईवालाले प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ । प्रचण्डले भोलि शनिबार नेपाल भारत सम्बन्धबारे आयोजित अन्तक्रिर्यालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।