यू–१९ महिला विश्वकप ःनेपालले पहिलो खेल बंगलादेशसँग खेल्दै

मलेसियामा आज देखि सुरु भएको आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दैछ ।

खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट सुरु हुनेछ । त्यस्तै,दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ ।
अहिले अष्ट्रेलिया र स्कटल्याण्ड तथा इङ्ल्याण्ड र आयरल्यान्ड भिडिरहेका छन् ।

गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा युएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो । दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशले सहभागिता छन् ।

नेपाली टोली

पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, चना चौधरी, सिमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ रहेका छन ।

 

 

Exit mobile version