भिन्तुना युवा क्लबले ठुलो धन राशीको ‘एमेच्योर फुटसल’ प्रतियोगिता गर्दे

पोखरा । भिन्तुना युवा क्लब पोखराले पुस २६  गते बाट ठुलो धन राशीको फुटसल प्रतियोगिता गर्ने भएको छ ।

‘एकताको लागि ऐक्वद्धता , स्वच्छ सामाजिक प्रतिबद्द्ता भन्ने मुल नाराका साथ आयोजना गर्न लागेको प्रतियोगिता २७ गते सम्म संचालन हुने आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

वि.सं २०५९ सालमा स्थापित भएको यस भिन्तुना युवा क्लबले स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दे आई रहेको र यस प्रतियोगिताबाट बचत भएको रकम पनि सामाजिक कार्यमा नै खर्चिने जनाएको छ ।

खेलको माध्यमबाट युवाहरुलाई संगठित गरि भारचारको विकास गर्नको लागि पनि फुटसल प्रतियोगिता आयोजना गर्न लागेको क्लबका स्वास्थ्य एंव आर्थिक संयोजक राजन श्रेष्ठले बताए ।

प्रतियोगिताको विजेताले  १ लाख ११ हजार १११ , उपिवजेता हुने टोलीले ५५ हजार ५५५ नगद सहित ट्रफी, मेडल,प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक अनिरुद्र उदासले बताए ।

प्रथम पुरस्कार प्रायोजन पोखरा ३ का स्थायी बासिन्दा हाल अमेरिका निवासी दिपेश वैधले  गर्ने क्लबका अध्यक्ष मनोज शिल्पकारले बताए ।

प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलकिपर,सर्वाधिक गोलकर्ता,फेयर प्ले टिमले सामान ५ हजार प्राप्त गर्ने छन ।

प्रतियोगिताको सेमिफाईनल र फाईनलमा म्यान अफ दि म्याचलाई नगद १ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । सहभागी हुने टिमको लागि दर्ता शुल्क ६ हजार तोकिएको आयोजकले जनाएको छ ।

Exit mobile version