आज रवि पक्षधरका १५ जना वकिलले बहस गर्ने

नयाँलिपिः सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सात प्रतिवादीको थुनछेक बहस जारी छ ।

कास्की जिल्ला अदालतमा आज देखि लामिछाने सहितका प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन । बिहीबार जाहेरवाला सहकारी पीडित तर्फका वकिलहरुले बहस गरेका थिए भने मंगलबार र बुधबार सरकारी वकिलले बहस गरेका थिए ।

आरोपी लामिछानेका तर्फ बाट १५ जना, पूर्व डिआइजी जोशीकातर्फ बाट ६ जना, लिला पछाईंका १ जना र बाँकी प्रतिवादीका तर्फ बाट २/२ जना कानून व्यवसायीले बहस गर्ने तय भएको छ । सूर्यदर्शन सहकारी ठगी आरोपमा पीडितले दिएको पूरक जाहेरीका आधारमा अहिले ७ जना विरूद्ध अदालत थुनछेक बहस चलिरहेको हो ।

Exit mobile version