विश्वकप खेल्न जाने यू–१९ क्रिकेट महिला टिमको बन्द प्रशिक्षण सुरु

भरतपुर । महिला यू–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।

आगामी माघ ५ गतेदेखि महिला यू–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप चितवनको भरतपुरमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पियाले जानकारी दिए ।

बन्द प्रशिक्षणमा खेलाडीहरुले ‘ब्याटिङ, बलिङ, र फिटनेस’लाई विशेष ध्यान दिइने बताईएको छ । टोलीका व्यवस्थापकमा पूर्व राष्ट्रिय खेलाडी विनोद दास रहका छन ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको स्वागत गर्दे सफलताको कामना गर्दै प्रशिक्षार्थीलाई महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताईन ।

 

Scroll to Top