लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा झाँकी ¥याली

लेखनाथ । २० औं संस्करणको लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा झाँकी ¥याली प्रर्दशन गरिने भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सव पुष १८ गते देखि माघ १ गते सम्म आयोजना हनेछ । र्यालीमा विभिन्न जातजाती र समुदायको भेषभुषा र संस्कृती झल्कने गरि झाँकी ¥याली प्रर्दशन गरिने भएको हो ।

¥याली महोत्सव उद्घाटन समारोहका दिन स्थानिय आमा समुह,टोल विकास संस्था, सामाजिक संघ सस्थाको साथमा जातीय तथा धार्मीक संघ सस्थाहरुको प्रतिनिधीत्व हुने गरि मौलिक संस्कृती र जातीय भेष–भुषाको पहिचान हुने गरि झाँकी ¥याली प्रर्दशन गरिने झाँकी ¥याली प्रर्दशनी ब्यवस्थापन उप–समितिकी संयोजक बुद्धि कुमारी थापा मगरले बताईन ।

लेखनाथ उद्योग वाणिज्य संघकी महसचिव जानुका अधिकारीले महोत्सवको आयोजक उद्योग बाणिज्य संघ भएपनि यसमा सवैको साथ र सहयोगले उत्कृष्ट महोत्सवका रुपमा स्थापित भएकाले यस वर्ष पनि आफनै घर आगनको पर्वको रुपमा लिएर सहभागी हुनका लागि अनुरोेध गर्नु भएको थियो ।

महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका गरि करिब तीन सय ३५ वटा स्टल रहेको संघकी महासचिव जानुका अधिकारीले जानकारी दिईन ।

महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

Exit mobile version