घान्द्रुकको बतासेमा जीप खस्यो, घाइते लिन हेली जाँदै

पोखराः कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जाँदै गरेको स्कोर्पियो जीप बतासे डाँडाबाट खसेर दुर्घटनामा परेको छ ।

घान्द्रुकभन्दा तल पर्ने बतासे डाँडामा सडकबाट करिब ६ सय मिटर तल खस्दा ग १ ज ६८२१ नम्बरको जीप दुर्घटनामा परेको र ६ जना घाइते भएको घान्द्रुक प्रहरी बिटले जनाएको छ ।

दुर्घटनापश्चात प्रहरी, पर्यटन प्रहरी र स्थानीयवासीले उद्धार गरेका छन् । जसमध्ये सख्त घाइते भएका ४ जनालाई पोखरा ल्याउन हेलिकप्टर घटनास्थलतर्फ उडेको छ ।

घटनाको थप विवरणमा केही समयमा आउने जिप्रका कास्कीले जनाएको छ ।

३ वर्ष अघिपनि घान्द्रुक जाने क्रममा कालाभिरबाट जीप खस्दा काठमाण्डौका ८ जनाले ज्यान गुमाएका थिए ।

Exit mobile version