देशभरका सभामुखले पोखराबाट जारी गरे ७ बुँदे घोषणापत्र

fishtail hospital

नयाँलिपिः देशैभरबाट दशौं अन्तरव्यवस्थापिका सम्मेलनमा भाग लिन पोखरामा भेला भएका प्रदेशका सभामुखले सात बुँदे घोषणापत्र जारी गरेका छन् ।

संघीय व्यवस्थापिकाका सभामुख देवराज घिमिरेले घोषणापत्र जारी गर्दै व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । संसद्को काम प्रभावकारी भए सरकारको काम पनि प्रभावकारी हुने उनकाे धारणा छ ।

सम्मेलनमा व्यवस्थापिकाको सक्रियता बढाउन महत्वपूर्ण छलफल गरिएको जानकारी दिँदै सभामुख घिमिरेले सङ्घीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूची निर्माण गरिने बताए । सरकारसँग परामर्श गरी सङ्घ र प्रदेशसभासँग सम्बन्धित ऐन तथा नियम बनाउने उनले जानकारी दिए ।

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनकानुन निर्माणमा ढिलाइ गर्न नहुने बताउँदै उनले संसद्को आगामी अधिवेशनले ती कानुन पारित गर्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातै प्रदेशका सभामुख, उपसभामुख, सचिवलगायत सहभागी थिए ।

Scroll to Top