पत्रकार महासङ्घ कास्की शाखाको अध्यक्षमा बराल,को कुन पदमा आए ?

पोखरा। नेपाल पत्रकार महासङ्घ कास्की शाखाको अध्यक्ष पदमा माधब बराल विजयी भएका छन् ।
प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेद्वार बरालले प्रेस सेन्टर र समाजवादी पत्रकारका उम्मेद्वार राजेन्द्र अधिकारीलाई ९ मतान्तरले पराजित गरेका हुन् ।

नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा नयाँ कार्यसमितिको उपाध्यक्षमा माधब रेग्मी, महिला उपाध्यक्ष पदमा कञ्चन थापा निर्वाचित भएका छन ।

सचिव पदमा भुपाल गुरुङ,सहसचिव समावेशी पदमा धन बहादुर ग्ुरुङ(सुमन), सहसचिव खुला पदमा मधु अधिकारी विजयी भएका छन् ।

कोषाध्यक्ष पदमा राजाराम पौडेल निर्वाचित भए। त्यस्तै महिला सदस्य पदमा कविता धर्तीमगर, आदिवासी जनजाति सदस्यमा पुनम थापा मगर र अन्य समावेशी सदस्यमा सूर्य परियार निर्विरोध निर्वाचित भएका छन । दलित सदस्यमा सुरेश सुनार निर्वाचित भए । खुला सदस्यतर्फ अर्जुन (सुशान्त) गाहा,गौरव त्रिपाठी,राजु गिरी,बालकुमारी पौडेल,सन्तोष सुवेदी,रिखिराम जि.सी,तुलसीराम सुवेदी,निराजन अधिकारी,पुष्पराज दाहाल निर्वाचित भए ।

त्यस्तै केन्द्रीय परिषद् सदस्यमा आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट),दिननाथ बराल,कृष्णमणि बराल,भरत कोईराला,राजबहादुर गुरुङ निर्वाचित भएका छन् । कास्की शाखामा दुई सय २० मतदाता भए पनि २०५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

 

 

Exit mobile version