जो चुपचाप रविको पक्षमा प्रदर्शन गरिरहेछन् …

नयाँलिपिः पोखराको चिप्लेढुंगामा विगत ५२ दिनदेखि फरकफरक अुनहारको सानो समूह हालतमा प्लाकार्ड र छेवैमा ब्यानर राखेर रवि लामिछानेको पक्षमा प्रदर्शन गरिरहेका छन् । रवि लाछिाने, पूर्व गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति । उनै सभापति लामिछाने सूर्यदर्शनलगायतको सहकारी प्रकरणमा मुछिएपछि संगठित ठगी र सम्पत्ति शुद्धिकरणको मुद्धामा प्रहरी हिरासतमा छन् ।

लामिछानेलाई गत कात्तिक २ गते काठमाण्डौंबाट पक्राउ गरी कास्की जिल्ला अदालत पेश गरेपछि रास्वपाले सडक प्रदर्शन ग¥यो । २ हप्ता आन्दोलित बनेको रास्वपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरासहित बल प्रदर्शन गरेपछि केन्द्रीय समितको निर्णयबाटै तत्काललाई सडक आन्दोलन रोक्ने निर्णय ग¥यो ।

जसै केन्द्रीय निर्णय सर्कुलर भयो यता कास्कीबाट प्रतिनिधिसभा सांसद बनेका शिव नेपालीको मनमा तुरुन्तै विरोधको रचनात्मकक शैली फु¥यो । उक्त शैली थियो, मानवअधिकारचोकमा दैनिक धर्ना बस्ने । हरेक दिन बेलुकीको ४ देखि ५ बजेसम्म लामिछानेको पक्षमा न्याय माग्दै सुरु गरिएको त्यही धर्ना नै आज ५२ दिन पुगिसकेको छ । र, सोही अनशनकाबीच शिव सोमबार ‘न्याय मार्न पाइँदैन’ लेखिएको प्लाकार्ड समातेर चुपचाप राज्यसँग अपील गरिरहेका थिए ।

‘आन्दोलन राजधानीकेन्द्रित गर्ने निर्णयपछि पनि किन पोखरामा निरन्तर प्रदर्शन गर्नुभयो ?’ भन्ने प्रश्नमा शिव भन्छन् ‘पार्टी सभापति जिल्ला प्रहरीको हिरासतमा हुनुहुन्छ, त्यसमाथि राज्यले प्रतिशोध साँधेको स्पष्ट भएकाले पोखरामा विरोध गर्नैपर्छ भन्ने लाग्यो ।’ सोही विरोधलाई निरन्तर राख्ने आफ्नै नेतृत्वमा धर्ना–अनशन सुरु गरेको उनले प्रस्ट पारे । शिव भन्छन् ‘मेरै जिल्ला, मेरै क्षेत्रमा सभापतिज्यूलाई मुद्दा चलाइएपछि कुनैनकुनै स्वरुपमा आन्दोलित भइरहनु मेरो र यस क्षेत्रको दायित्व पनि हो ।’

अनशनमा कहिले २ दर्जन बढीको सहभागिता रहन्छ त कहिले २ वा ३ जनामात्रै पनि ब्यानरसहित चौतारामा देखिन्छन् । सोमबार भने ८७ वर्षीया वृद्ध दुर्गा अधिकारी छोरीसहित सहभागी थिइन् । नयाँलिपि सम्वाददाता देखेपछि उनले भनिन् ‘आजै हो पत्रकारहरु हामीलाई सोध्न आ’का ।’ पछिल्लो समय चितवन प्रहरीले पोखरा ल्याउने क्रममा दूव्र्यवहार गरेको र लामिछानेलाई अस्वस्थताका बावजुद पनि जबर्जस्ती गरिएको समाचार आएपछि अनशनका सहभागीको प्रतिक्रिया छ ‘हरेक मान्छे थुनामा होस् वा बाहिर उसको मानवअधिकार हुन्छ, हामी मानवअधिकार चोकबाट रविको मानवअधिकार हनन् भएको विरोध पनि गरिरहेका छौं ।’

आगामी पुसको पहिलो हप्ताबाट सम्भवतः संसदको हिउँदे अधिवेशन सुरु हुनेछ । जसमा शिव पनि सहभागी हुनुपर्छ । त्यसबेला अनशनलाई निरन्तरता दिने वा के गर्ने भन्ने पक्षमा छलफल गरी अघि बढ्ने उनले बताए । राज्यको निरंकुश शैलीको विरोध त कास्कीबाट निरन्तर भइरहने बताउँदै उनले भने ‘अनशन निरन्तर नभएपनि विरोधको कुनै अर्काे शैली अवश्य अपनाइनेछ ।’

हालसम्म अनशनमा प्रहरी, प्रशासनले कुनै अवरोध नगरेको र प्रायः सहकारीपीडतहरुले पनि ऐक्यबद्धता जनाएको बताउँछन् शिव । ‘उहाँहरु (सहकारीपीडित)ले पनि रविले हाम्रो पैसा खाएको छैन भन्दै हामीसँगै अनशनमा बस्नु भएको छ’ उनले भने ‘रविलाई थुनेर हाम्रो पैसा आउँदैन भन्नु भएको छ ।’

यतिबेला अदालतप्रति सहभागीको ध्यान केन्द्रित छ । सहभागीहरु अदालतको निर्णय आएको दिन अनशन अन्त्य हुने बताउँछन् । तर सभापति लामिछानेको मुद्दा कास्कीसँगै चितवन, रुपन्देही, काठमाण्डौं हुँदै पर्सा पुगिसकेको छ । सम्पत्ति शुद्धिकरणमा लामिछाने पत्नी निकिता पनि तानिने शंका बढेर गएको छ । यद्यपि, मानवअधिकारचोकमा रास्वपा समर्थित र रविका शुभचिन्तकको सानो तर विश्वासी समूह ‘रवि दोषि छैनन्’ भन्दै चुपचाप र निरन्तर उनको पक्षमा न्याय मागिरहेका छन् ।

 

 

Exit mobile version