करोड बढीको सुन, चाँदी र विदेशी मुद्रासहित ३ पक्राउ

कैलालीः कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्र बाट १ करोड भन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रा सहित ३ जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई शनिबार राति पक्राउ गरिएको हो ।

भारत बाट आएका उनीहरू बाट ८० लाख ७९ हजार ५ सय ६१ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय मुद्रा, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् ।
रासस

Exit mobile version