बैदाम प्रहरीको भव्य भवन उद्घाटन

पोखराः प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बिहीबार वडा प्रहरी कार्यालय बैदामको भव्य भवन उद्घाटन गरेका छन् ।

उक्त अवसरमा महानिरीक्षक कुँवरले शान्ति सुरक्षा कायम गर्न प्रहरीले नागरिकसँग सहकार्य गर्न आवश्यक भएको भन्दै नागारिकको समस्या सहजीकरणतर्फ उन्मुख हुन मातहतका अधिकृतहरुलाई निर्देशन दिए ।

सुरक्षा चुनौति सामना गर्न प्रहरी सदैव तयार रहनुपर्ने बताउँदै उनले भने ‘प्रहरीले शून्य सहनशीलता अपनाउँदै सिमान्तकृत एवं पीडितको सारथी बन्नुपर्छ ।’

उद्घाननपश्चात् कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न दातालाई प्रशंसापत्र प्रदान गरे ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य र कास्की प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीले शुभकामना व्यक्त गरे ।

नेपाल सरकारको नियमित बजेटबाट कुल १० करोड ६० लाख ३३ हजार २० रूपैयाँको लागतमा निर्मित भवनमा ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका संरचना रहेका छन् ।

Exit mobile version