एनपीएल हेर्न पुगेका ७ घाइते, उद्घाटन खेलमा जनकपुर विजयी

काठमाण्डौंः आजदेखि काठमाण्डौंमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट विजयी भएको छ ।

जनकपुरले शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो।

विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

जनकपुरको जितमा लाहिरू मिलन्थाले अर्धशतक प्रहार गरे। उनले नटआउट ७५ रन जोड्ने क्रममा ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। हर्ष थाकरले नटआउट २९ रन जोडे। उनले ३३ बलमा २ चौका हिर्काए।

त्यस्तै, खेल हेर्न कीर्तिपुर रंगशाला पुगेका दर्शकहरू ग गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा ७ जना घाइते भएका छन् ।

गेटबाट छिर्ने क्रममा धकेलाधकेल भएपछि केही घाइते भएको र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको काठमाडौं प्रहरी जानकारी दिएको छ ।

गेटबाट छिर्ने क्रमममा घाइते हुनेमा केही प्रहरी जवान पनि रहेको जनाइएको छ ।

Exit mobile version