पोखरा । ओम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
शनिबार पोखरा– २ मिरुवा स्थित सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको हो । साधरणसभाको पोखरा – २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष सहारा प्रधान, निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक विष्णुप्रसाद अधिकारी, पूर्व अध्यक्ष भरतराज अधिकारी, संस्थापक कोषाध्यक्ष राजु अधिकारी, सञ्चालक समिति सदस्य गोमा सुवेदी लगायतले सहकारीले पुर्याएको योगदानको विषयमा बोलेका थिए ।
सो क्रममा जेयष्ठ सदस्य, असल कर्जा र माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउने ४ जना सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा जेयष्ठ सदस्य भिमकुमारी राणा, असल कर्जा बिना गुरूङ, माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरीहरु विदित पराजुली, प्रमिला अधिकारी, शर्मिला सुवेदी र उज्ज्वल भट्टलाईलाई सम्मान गरिएको हो ।
यस्तै साधरणसभाले संस्थाका सचिव झलकनाथ आचार्य तथा कोषाध्यक्ष दिपक अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन पारित गरेको छ ।
संस्थाका अध्यक्ष राम विक्रम राणाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दयाराम सापकोटा, सोस्ती वाचन सदस्य सोमनाथ सुवेदी, सहकारीका सात सिद्धान्त वाचन सदस्य तारा बराल पौडेल र सञ्चालन संस्थाका सचिव झलकनाथ आचार्यले गरेका थिए ।