बेलबुट्टे आदर्श बाल क्लबको शुभकामना आदानप्रदान

-


     नयाँ लिपि    
     असाेज १९ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिका ३२ तल्लोगगनगौंडामा कृयाशिल बेलबुट्टे आदर्श बाल क्लबले विजयादशी, दिपावली, छठ लगायतका पर्वका अवसरमा आज शुुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न सामाजिक काममा सकृय बनिरहेको क्लबले प्रत्येक वर्ष विजयादशमी, दिपावली, छठ लगायत पर्वका अवसरमा शुुभकामना आदानप्रदान गर्दै आएकोमा यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको क्लबका अध्यक्ष सुजाता पौडेलले जानकारी दिईन ।

कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक रामप्रसाद तिवारीले सबै चाडपर्वका अवसरमा शुुभकामना व्यक्त गरे ।

सामाजिक व्यक्तित्व गुरुप्रसाद पौडेलले क्लबले आँफूलाई सिर्जनात्मक गतिविधिमा अघि बढाउनुुपर्नेमा जोड दिए । क्लबका प्रत्येक सदस्यले आँफूलाई अनुुशासित बनाउँदै नियमित अध्ययन कार्यमा लाग्नुुपर्ने आवश्यकता औंल्याए ।

क्ल्बका अध्यक्ष सुजाता पौडेलको अध्यक्षता एवम् सचिव ओशिष घिमिरेले सञ्चालन गरेको कार्यक्रममा क्लबका उपाध्यक्ष दीक्षा वाग्ले, सह सचिव इशान पौडेले, कोषाध्यक्ष कृति घिमिरे, क्लबका सदस्यहरू आयुुष्मान खनाल, सक्षम पौडेल, कीर्तन घिमिरे, समिर पौडेल, रियान सापकोटा, दीपिका वाग्ले लगायतले शुुभकामना व्यक्त गरेका थियो ।

त्यस्तै शान्ता पौडेल, नवराज घिमिरे, हरिष्चन्द्र पौडेल, वासुदेव पौडेल, शारदा भट्टराई पौडेल, चित्राकुमारी घिमिरे पौडेल, रोशन सापकोटा, जीवनसरिता बास्तोला घिमिरे, किशोर घिमिरे, खडानन्द बराल, गंगा घिमिरे, विन्दु बराल वाग्ले, इन्दिरा पौडेल, सत्यदेवी बराल लगायतले क्लबका गतिविधि सिर्जनात्मक बन्नुुपर्ने बताउँदै चाडपर्वका अवसरमा शुुभकामना व्यक्त गरे ।