Skip to content
Home » हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर

हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर

  • by Naya Lipi

पोखरा । गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले उद्घाटन गरे ।

मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने विरामीको सही तथ्याङ्कका विषयमा जानकारी लिन मदत पुुग्ने बताए । उनले रिफर गरेर एउटा अस्पतालबाट उपचारका लागि अर्को अस्पताल जाँदा पनि डुप्लीकेसन नहुने तवरले उपचार गर्न सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।

“डायलसिस गर्ने विरामीको वास्तविक तथ्याङक प्राप्त गर्न सफ्टवेयर सहायक सिद्ध हुनेमा विश्वस्त छुु । डाटा अनुसार सेवा प्रवाहमा सहजता बनाउन सफ्टवेयरका माध्यम मदत पुुग्नेछ ।”, उनले भने ।

प्रदेशको डायलसिस सेवालाई सरल बनाउन सफ्टवेयरले सहयोग पुग्ने उनको भनाई छ । स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव विनोद विन्दु शर्माले प्रदेश सरकारले निशुल्क रुपमा डायलसिस सेवा प्रदान गर्दै आएको बताए । उनका अनुसार वर्षमा ८० देखि ८५ करोड रकम मात्र डायलसिस सेवा प्रवाहमा प्रदेश सरकारले लगानी गरेको छ ।

उनले अब प्रदेश सरकारले निशुल्क मृगौला प्रत्यारोपण गर्ने विषयलाई पनि सोच्नुपर्ने आवश्यक्ता आएको उल्लेख गरे ।
तथ्याङ्क अनुसार प्रदेशका ४१ अस्पतालको १७ युनिटबाट डायलसिस सेवा प्रवाह गरिएको छ । प्रदेशमा ७७३ जनाले डायलसिस सेवा लिइरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version