यु-१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता :

- एथलेटिक्स तर्फ तीन विधाका ६ खेल सम्पन्न

-


     नयाँ लिपि    
     जेठ ३० गते २०८१ मा प्रकाशित



पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा यु १५ विधालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिता अन्तरगत एथलेटिक्स तर्फ पहिलो दिन १०० मिटर, ४०० मिटर र लङजम्प सम्पन्न भएको छ ।

१०० मिटर छात्रा तर्फ गण्डकीकी ऐन्जल अधिकारीले स्वर्ण पदक हासिल गरिन् । उनले १३ ः ५६ सेकेन्डमा दुरी पुरा गरिन् । लम्बिनीकी आरुशि भट्टराईले १३ः७२ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल गरिन् । बागमतीकी मुस्कान चौधरीले १४ः२७ सेकेन्डले दुरी पुरा गर्दै कास्य हासिल गरिन् ।

यस्तै छात्र तर्फ लुम्बिनीका शुभम बमरेलले ११ः४६ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक हासिल गरिन् । मधेशका अर्जुन शाहले ११ः८५ सेकेन्डमा दुरी पुरा गरि रजत हासिल गर्दा कोशीका राजन वान्तवा राईले ११ः९१ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक हासिल गरे ।

४०० मिटर छात्रतर्फ सुदुरपश्चिमका बरुणदत्त रानाले स्वर्ण पदक हासिल गरे । उनले निर्धारित दुरी ५३.६२ सेकेन्ड पुरा गरे । मधेशका दिपेश शाहले ५३ः६९ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल गरे । लुम्बिनीका सुशान्त थारुले ५४ः२४ सेकेण्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरे ।

छात्रातर्फ कर्णालीका कृष्णा रानाले १ मिनेट ४ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक हासिल गरिन् । बागमतीका भगवती खड्काले १ मिनेट ५ सेकेन्डमा दुरी पुरा गर्दै रजत जितिन भने, लुम्बिनीकी कमला वलीले १ मिनेट ८ सेकेन्डमा दुरी पुरा गर्दै कास्य हासिल गरिन् ।

लङजम्प छात्र तर्फ मधेशका अनुज कुमार शाहले स्वर्ण पदक हासिल गरे । उनले ६.११ मिटरको दुरी पार गरे । सुदुरपश्चिमका बरुण दत्त रानाले ६.७ मिटरको दुरी पार गर्दै रजत पदक हासिल गरे । लम्बिनीका श्लोक हरिजनले ५.८२ मिटर जम्प गर्दै कास्य पदक हासिल गरे ।

छात्रातर्फ कर्णालीका सरिता शाहीले ४.६१ मिटर दुरी पुरा गरि स्वर्ण पदक हासिल गरे । कोशीका निकिता एक्तेल लिम्बुले ४.५२ मिटर दुरी जम्प गर्दै रजत हासिल गर्दा गण्डकीकी सुजता कुमालले ४.२७ दुरी पुरा गर्दै कास्य पदक हासिल गरिन् ।  

एथलेटिक्समा भोलि २ सय मिटर, ८ सय मिटर र ४ वाई १०० मिटर रिले छात्र/छात्रा दुवैतर्फ हुनेछ ।