प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट माेबाइल ल्याउन गरिएको कडाइलाई कार्यान्वयनमा नल्याउन निर्देशन दिएका छन्।

विदेशबाट मोबाइल फोन ल्याउन गरिएको कडाइलाई तत्काल कार्यान्वयनमा नल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्।

विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयनमा नल्याउन उनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिएका हुन् । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउनु परे भन्सार तिर्नुपर्ने निर्णय यसअघि मन्त्रालयले गरेको थियो ।

प्रधानमन्त्रीकाे निर्देशनपछि तत्काललाई त्यो व्यवस्था लागू नहुने भएको छ । सरकारले एकभन्दा बढी मोवाइल ल्याए १८ प्रतिशत कर लिने गरी कडाइ गरेको थियो ।

Scroll to Top