लायन्स कुमुदको पिएनमा वृक्षरोपण

-


     नयाँ लिपि    
     असार २३ गते २०७९ मा प्रकाशित


पोखरा, २२ असार
लायन्स क्लब अफ पोखरा कुमुदको आयोजनामा बुधबार वृक्षरोपण गरिएको छ । लायनहरुले पृथ्वीनारायण क्याम्पस प्रांगण विभिन्न जातका ५० विरुवा रोपे ।

कार्यक्रममा पोखरा सहायक क्याम्पस प्रमुख मीनराज लम्सालले वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपणको महत्वपूर्ण भूमिका हुने बताए । उनले वृक्षरोपणसँगसँगै ती बिरुवा हुर्काउने जिम्मेवारी पनि निर्वाह गर्न आग्रह गरे ।

क्लबकी अध्यक्ष मीना गुरुङले क्लबले पहिलो वृक्षरोपण बुधबार गरेको बताइन् । मानव जीवन र पृथ्वीमै जनवायु परिवर्तनका कारण संकट आउन सक्ने भएकाले बेलैमा सचेत हुनुपर्नेमा जोड दिइन् ।

गण्डकी प्रदेशसभा सदस्यसमेत रहेकी गुरुङले भनिन्, ‘वृक्षरोपणले एकातिर वातावरण सन्तुलन गरी मानिसलाई स्वस्थ बन्न मद्दत गर्छ भने अर्कातिर पशुपक्षीको आहार संरक्षण पनि हुन्छ । जनवायु परिवर्तनका कारण जीव र पृथ्वीकै अस्तित्वमा आउन सक्ने संकट टार्न पनि सघाउँछ ।’

कार्यक्रममा वृक्षरोपण संयोजक लीला भट्टराई, क्लबकी सचिव विष्णु एकता र सुचित्रा थापाले पनि बोलेका थिए ।