Uncategorized

पोखरामा स्कुल बस बाटो मुनि खस्यो

पोखरा । पोखरामा आज बिहान विधार्थी लिन गएको बिरौटा १७ मा रहेको एलपी देबकोटा बोडिङ स्कुलको बस बाटो मुनि खसेको छ । पोखरा २१ फुस्रे खोला नजिकको बाटो बाट ४०/५० मिटर तल खसेको बसमा २२ जना विधार्थी र चालक र सह- चालक गरि २४ जना सवार थिए । घाईतेको पोखरा बिरौटामा रहेको नमस्ते अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगिएको छ । २ जनाको अवस्था गम्भिर भएको घटना स्थलबाट सन्चारकर्मी प्रवेश पोख्रेलले बताए । पुरा पढौ

बन्दिपुरको ‘रक गार्डेन’ अलपत्र अवस्थामा

तनहुँ । बन्दिपुर गाउँपालिकामा करौडो रकम खर्चेर बनाउन सुरु गरेको रक गार्डेन अहिले अलपत्र अवस्थामा रहेको छ । पृथ्वी राजमार्गमा रहेको डुम्रे बजार भन्दा केहि माथि रहेको उक्त रक गार्डेन लगभग ५ वर्ष बितिसक्दा पनि निर्माणको कार्य पुनः सुरु हुन सकेको छैन । बन्दिपुर गाउँपालिका वडा १ मा निमार्ण सुरु भएको उक्त गार्डेन अहिले लगभग बेवारिसे अवस्था छ ।उक्त गार्डेनलाई पुनः सुरु गर्नको लागि न त बन्दिपुर गाउँपालिकाले चासो दिएको छ । नत निर्माण जिम्मा लिएको नयाँ शहरी आयोजनाले नै… पुरा पढौ

आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छ : स्थायी कमिटी सदस्य अधिकारी

पोखरा ।नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताउनुभएको छ ।  शनिबार ४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिनुभयो ।  ‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं, जस्ले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’ उहाँले भन्नुभयो… पुरा पढौ

आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक ः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक रहेको बताएका छन् । शुक्रबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले आयोजना गरेको तीन महिने सीप विकास तालिमको समापन कार्यक्रममा बोल्दै उनले युवा जनशक्तिहरुलाई श्रम बजार अनुुकुलको ज्ञान र सीपको आवश्यकता रहेको बताएका हुन् । “सीपले आत्मनिर्भर बनाउछ, स्वरोजगार बन्न प्रेरित गर्छ । आशा छ, प्रदेश सरकारले उपलब्ध गराएको तालिमले सहभागी सबै युवाहरु लाभन्वित हुनुुभयो… पुरा पढौ

नेपाल आर्मी क्लब पुरुष हक्की च्याम्पियन

पोखरा। नेपाल आर्मी क्लब गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा च्याम्पियन बनेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लवलाई ५–१ को गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । च्याम्पियन भए संगै आर्मीले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता पुलिस क्लबले नगद ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा आर्मीका लागि प्रदिप राजंवंशीले ४ गोल गरे भने दिपेन्द्र ऐरले १ गोल गरे ।… पुरा पढौ

आर्चरीमा कास्कीको सुखद सुरुवात

पोखरा । गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको पहिलो दिन र्‍याकिङ राउण्डमा कास्कीले सुखद सुरुवात गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा कास्कीले उत्कृष्ट सुरुवात गरेको हो । पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा सुरु भएको प्रतियोगितामा कास्कीका अशिम शेरचनले ¥याकिङ राउण्डमा ६०४ अंकका साथ पहिलो स्थानमा रहन सफल भए । ६०३ अंकका साथ कास्कीका सुमन गुरुङ दोस्रो स्थानमा रहे । त्यस्तै बागलुङका मुकेश रोक्का ५७९ अंकका प्राप्त गर्दै तेस्रो स्थानमा आए… पुरा पढौ

एसईई कप फुटसलको उपाधि भद्रकालीलाई

पोखरा । पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविको आयोजनामा आइतबार सम्पन्न भएको  दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनल खेलमा गोगन माविलाई पराजित गर्दे उपाधि जितेको हो । उपाधि जिते सङै भद्रकाली माविले  नगद ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।   उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद… पुरा पढौ

यू–१५ विद्यालय खेलकुदः बागमती प्रदेश च्याम्पियन

पोखरा । गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ काश्य पदक जित्यो । ६ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो । लुम्बिनीले ३ रजत र १० काश्य जित्यो । गण्डकी ५ स्वर्ण, ८ रजत र ७ काश्य जित्दै तेस्रो र कर्णाली ५ स्वर्ण, दुई रजत र दुई काश्य जिते । कोशी एक स्वर्ण, ७ रजत, ८ काश्य, सुदूरपश्चिम एक स्वर्ण, दुई… पुरा पढौ

यू–१५ विद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिता:

पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता-२०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा ३१ गते सम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ । प्रतियोगिता अन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचालगरि ६ खेलमा सात प्रदेशका ७६/७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषदगण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । प्रतियोगिता अन्र्तगत सामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थित व्याडमिन्टन हलमा शुरु भएको हो ।व्याडमिन्टनमा छात्र/छात्रा… पुरा पढौ

पोखराको रत्न मन्दिर अबलोकनका लागी उद्घाटन गर्नु हुँदै मन्त्री किराँती ।

पोखरा,१५जेठ :गणतन्त्रको उपहार स्वरुप स्वदेशी एंब बिदेशी नागरिकहरुको लागी आजैका दिनदेखी पोखराको रत्न मन्दिर अवलोकनका लागि खुला गरिएको छ। उद्घाटन कार्यक्रमका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती। पुरा पढौ