खेलकुद

लामाचौर भलिबलको उपाधि एपिएफलाई

पोखरा । लामाचौर कप भलिबल महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुदायक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु डायमण्ड युथ स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो । पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा भने निकै पछि प¥यो । एक समय डायमण्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक ल्याएपछि १६–९ बाट… पुरा पढौ

लामाचौर कप: महिलातर्फ न्यु डायमण्ड शीर्षस्थानमा

पोखरा । पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय क्लब एपिएफलाई हराउँदै टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब शीर्षस्थानमा उक्लिएको छ । नव आदर्श सामुदायिक समाजको आयोजनामा इन्द्रराज्य लक्ष्मी खेल खेल मैदानमा जारी लिगको अन्तिम खेलमा एपिएफलाई सोझो सेटमा हराउँदै शीर्षस्थान हासिल गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५–२३ र तेस्रो सेट समेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो । डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३–० को सोझो… पुरा पढौ

लामाचौर कप : महिलातर्फ न्यु डायमण्ड र एपिएफ, पुरुषतर्फ पुलिसको जित

पोखरा । पोखरा लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ  । महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट) कारण… पुरा पढौ

लामाचौर कप भलिबल प्रतियोगिता सुरु ( तस्विर सहित)

पोखरा । पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो ।  प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्युु डायमण्डले जित हासिल गर्दा पुरुषतर्फ एपिएफ र पुलिसले जित निकाल्यो ।   महिलातर्फ भएको पहिलो खेलमा विभागिय क्लब एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै विजयी… पुरा पढौ

लामाचौर भलिबल भोलिदेखि

पोखरा । लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । ४ दिनसम्म चल्ने प्रतियोगिताको आयोजक नव आदर्श विकास समाजले टाइसिट सार्वजनिक गरेको छ । मंगलबार बिहान ८ बजे महिलातर्फ उद्घाटन खेलमा एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ । मंगलबार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा २ बजे… पुरा पढौ

युनाइटेडको होम ग्राउण्डमा लिभरपुलको शानदार जित

इङ्लिस प्रिमियर लिग (इपिएल) मा  लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि सहज जित निकालेको छ। लगातार तेस्रो खेला जित निकाल्ने क्रममा लिभरपुलले आइतवार युनाइटेडलाई‌ ३–० ले हरायो। युनाइटेडलाई उसकै मैदानमा हराउन लिभरपुलका लुइस डियाजले २ तथा मोहम्मद सलाहले १ गोल गरे। डियाजले ३५औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । डियाजले नै ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। खेलमा नियन्त्रण बनाएको लिभरपुलका लागि सलाहले ५६औं मिनेटमा गोल थपे। लिभरपुल ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। युनाइटेड ३ अंकका… पुरा पढौ

राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणालाई गण्डकीको सम्मान

पोखरा । गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबलकी टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ । विश्वविद्यालयमा आयोजित एक कार्यक्रमका बिच उनलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सम्मान गरेका हुन् । कस्तान अरुणा शाहीलाई विश्वविद्यालयले नगद २० हजार सहित सम्मान गरेको हो । हालै काठमाण्डौमा सम्पन्न सेन्ट्रल एसियन जोन काभा उमेन्स भलिबल लिगमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल राष्ट्रिय टिमकी कप्तान अरुणा गण्डकी विश्वविद्यालयकी छात्रा समेत हुन् । नेपालमा नै पहिलो पटक स्नातक… पुरा पढौ

कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई

पोखरा । गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जितेको हो । उपाधि हात पारे सङै बागलुङले नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको छ । पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भएका छन्… पुरा पढौ

‘थ्री भर्सेस थ्री’ स्ट्रीट फुटबल विश्वकपको छनोट पोखरामा

पोखरा । पोखरामा शनिबार र आइतबार ‘थ्री भर्सेस थ्र्री’ आइ.एस.एफ.ए वल्र्डकपको छनोट खेल हुँदैछ । पोखरामा हुने यो प्रतियोगिताका उत्कृष्ट चार टिमले काठमाडौंमा हुने राष्ट्रिय छनोट खेल्न पाउने पोखरा स्पोर्टस् इभेन्टका सीइओ मनिष वस्थाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा २८ वटाभन्दा बढी टिम सहभागी हुने अनुमान छ । उत्कृष्ट ४ टिमले राष्ट्रिय छनोट खेल्ने अवसर र त्यसमध्येका २ टिमले नगद पुरस्कार पाउने छन् । विजेता टिमले ५० हजार रूपैयाँ र उपविजेताले ३० हजार रूपैयाँ पुरस्कार पाउने इभेन्ट… पुरा पढौ

पाखुरीकोट ‘६’ ए साइडको उपाधी रामघाट ह्वाईटलाई

पोखरा । हस्पिटलचोकमा रहेको पैयु फुटसलमा शुक्रबार सम्पन्न भएको पाखुरीकोट ६ ए साइड फुटसलको उपाधी रामघाट ह्वाईटले उचालेको छ । रामघाटले फाइनल खेलमा इ मोन एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दे उपाधि कब्जा गरेको हो । रामघाटको जितमा अंकित गुरुङले २ गोल गरे भने टुनटुन गुरुङ र संगम दर्जीले समान १/१ गोल गरे । इमोन एफसीको तर्फबाट भने राहुल थापा र अभिषेक थापाले मात्र १/१ गोल गरे । प्रतियोगिताको विजेता रामघाट ह्वाइटले ७० हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त… पुरा पढौ