राजनीति

पोखरा चाइल्ड स्टारको उपाधि कृष्मा र आश्रयलाई

पोखरा । पोखरा चाइल्ड स्टार सिजन–३ को उपाधि कृष्मा जिसी र आश्रय भुषालले जितेका छन् । बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेनमेन्ट हाउस आयोजनामा शनिबार पोखरामा सो प्रतियोगिताको ग्राण्ड फिनाले भएको हो । मिस पोखरा चाइल्ड स्टार बनेकी कृष्मा सिर्जना आवासीय माविकी हुन् । यस्तै, स्टेप बाई स्टेप स्कुलका आश्रयले अरुलाई पछि पार्दै मिस्टर पोखरा चाइल्ड स्टारको उपाधि जितेका हुन् । ऋषभ राना फस्ट रनर अप भए । उनले इन्टेलेक्चुअल अवार्डसमेत जिते । मिस पोखरा चाइल्ड स्टारतर्फ फस्ट रनर… पुरा पढौ

गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ– मन्त्री पाठक

लमजुङ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् । अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन समयमा वर्गीकरण गरी कार्यक्रम अघि सारेको भन्दै उनले ६ महिनाभित्र, २ वर्षभित्र र ५ वर्षभित्र सम्पन्न हुने गरी योजना बनाइएको उल्लेख गरे । पत्रकार सम्मेलन गरेर नै कार्यक्रमबारे जानकारी दिइसकेको उल्लेख गर्दै अब कुरा नभई काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे । प्रदेश सरकार मातहतको लमजुङ जिल्ला अस्पतालको दोस्रो… पुरा पढौ

जलस्रोतको सदुपयोगमा जुटौँ : कृषि मन्त्री श्रेष्ठ

नवलपुर । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । नवलपुरको कावासोती स्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारण सभामा बोल्दै उनले उपलब्ध जलस्रोतलाई पुर्ण रुपमा उपयोग गर्न सके देश विकासमा टेवा पुग्ने बताएकी हुन् । शुक्रबार संस्थामा आयोजित कार्यक्रममा उनले भनिन्‘, नेपाल जलस्रोतको धनी देश, यसको उपयोगिता बृहत छ । यसलाई पूर्ण रुपमा उपयोग गर्न सके सुखी नेपाली समृद्ध देश निर्माणकोे साझा संकल्पलाई थप… पुरा पढौ

मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख

पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०/८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष गरेको हो ।   प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउनुहुँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी… पुरा पढौ

नदीको सतह बढेसँगै  ‘हाईअलर्ट’मा रहन प्रमुख दाहालको आग्रह

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले केही दिनदेखि भइरहेको वर्षाले नदीको सतह क्रम बढ्दै गइरहेकाले ‘हाईअलर्ट’मा रहन नारायणी, राप्ती र नदी क्षेत्रमा बसोबास गर्ने महानगरवासीलाई आग्रह गर्नुभएको छ । वर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख दाहालले सम्बन्धित वडा कार्यालयहरूमार्फत बसोबास, खानपिन तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको बताउनुभएको छ ।   शनिबार विहान भरतपुर महानगरका तटिय क्षेत्रमा पर्ने वडाहरुको निरीक्षण पश्चात प्रमुख दाहालको अध्यक्षतामा जिल्लास्थित सुरक्षा प्रमुख तथा सरोकारवालाको बैठक बसी आपतकालिन उद्धार तथा राहतका… पुरा पढौ

अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्याङ्क सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् । “मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढिकरण गर्न यस्ता कार्यक्रमले मदत पुग्छ ।”, उनले भने । मन्त्री थापाले… पुरा पढौ

खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधारः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधार भएको बताए । अखिल नेपाल चेस एसोसियशनको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उनले आफूले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिंदै आएको बताए । ‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि अहिले सम्म राजनीति र विकास निर्माणपछि दुई वटा क्षेत्र खेल र संस्कृतिमा विशेष ध्यान दिंदै आएको छु’– अध्यक्ष… पुरा पढौ

संविधान दिवसको दिन जसपाले पोखरामा कालो दिन मनायो

पोखरा ।संविधान दिबसको दिन आज (बिहिबार) पोखरामा जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समिति ले एक कार्यक्रम बिच कालो दिन मनाएको छ । नेपालको संविधान २०७२ सम्बोधन गर्नुपर्ने भन्दै बिरोध स्वरुप कालो दिन मनाएको जसपाले जनाएको छ । बर्तमान समयमा देशको बिग्रदो राजनितिक अवस्था र जनतामा बढ्दै गएको निराशालाई नेपालको संविधान २०७२ ले सम्बोधन गर्न नसकेको भन्दै उक्त कार्यक्रममा सहभागिले बिरोध जनाएका थिए ।उक्त कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य तथा दलित मुक्ति संगठनका केन्द्रिय उपाध्यक्ष रमेश कुमार सि.के ले यो… पुरा पढौ

अखिल नेपाल महिला संघ प्रदेशको  प्रथम सम्मेलन  पोखरामा सुरु (तस्विर सहित)

पोखरा ।अखिल नेपाल महिला संघ ( क्रान्तिकारी )गण्डकी प्रदेशको  प्रथम सम्मेलन आज (बिहिबार) देखि पोखरामा सुरु भएको छ । माओवादी (केन्द्र) निकट महिला संगठनले संविधान दिवसको अवसर पारेर प्रदेशस्तरिय सम्मेलन सुरु गरेको हो । ‘महिला मुक्ति र आमूल परिवर्तनको निम्ति क्रान्तिकारी महिला आन्दोलन, समाजवाद प्राप्तिका लागि भन्ने मुल नाराका साथ गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना भएको प्रथम सम्मेलनको उद्धघाटन नेकपा माओवादी (केन्द्र)की उपाध्यक्ष पम्फा भुषालले गरेकी हुन । प्रदेशको ११ जिल्लाका ८५ पालिकाबाट प्रतिनिधित्व गर्दे महिला प्रतिनिधिहरुले सहभागिता जनाएको छ ।… पुरा पढौ

प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति सम्मान प्रकट गर्नुभएको हो । नेपाली जनताको दशकौं लामो संघर्ष र बलिदानको फलस्वरुप २०७२ साल… पुरा पढौ