अबकाे पाँच वर्ष विकासका लागि : बिन्दु कुमार थापा
गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ उम्मेदवार विन्दु कुमार थापाले दलितका लागि धेरै गरेको बताएका छन् । पोखरा २० भलामका दलित समुदायले आफुहरुलाई आवश्यक परेको समयमा थापाले ठूूलो सहयोग गर्दै आएपनि मौका नपाउँदा केही काम अधुरै रहेको बताएका छन् । उनीहरुले वडा २० को मुहार फेर्ने काम थापाले आफ्नो अधिकारले भ्याएसम्मको विकास गरेको सुनाउँदै मौका पाएमा अझ धेरै विकास गर्नेमा आफुहरु आशावादी रहेको सुनाए । दलित समुदायको नेतृत्व गर्दै आफ्ना कुरा राख्ने क्रममा विष्णु परियारले विन्दु थापाले क्षेत्र २ मा…
पुरा पढौ
बाटुलेचौर अब ‘सारंगी भिलेज’ : राप्रपा नेता अरुण गिरी
पोखरा, २१ कात्तिक ।
पोखरा १६ लाई सारंगी भिलेजको अवधारणामा विकास गर्ने अवधारणासहित राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका अरुण गिरीले त्यस क्षेत्रमा चुनावी घरदैलो गरेका छन् । सारंगीका लागि नेपालकै ठुलो खुला पाठशालाको रुपमा पोखराको १६ नम्बर वडास्थित बाटुलेचौरलाई विकास गर्न जरुरी रहेको गिरीले बताए । आफूले पोखरा १६ को विशेषतालाई ध्यानमा राखेर बाटुलेचौरलाई सारंगी भिलेज घोषणा गर्ने र त्यसका लागि आवश्यक पुर्वाधारहरुको विकासका लागि नीतिगत रुपमा पहल गर्ने सवालमा आफ्नो घोषणापत्रमा उल्लेख गरेको पनि गिरीले जानकारी दिए…
पुरा पढौ
पाेखरामा बागी विमर्श
उज्ज्वल प्रसाईले लेख्नुभएको गैरआख्यान-पुस्तक "एक बागी: खगेन्द्र सङ्ग्रौलाको साधना र सङ्घर्ष"को जीवनीकार तथा जीवनी-नायक दुवैकाे उपस्थितिमा पहिलोपटक पोखरामा परिचर्चा कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रममा बाेल्दै खगेन्द्र संग्राैलाले पढ्नकाे निम्ति मैले दुईवटा कुरा मागे । एउटा मान्छे र अर्को पुस्तक । मान्छे पढ्ने भनेकाे परिवार पढ्ने हाे, छिमेक पढ्ने हाे, समाज पढ्ने हाे, इतिहास पढ्ने हाे, समाज शास्त्र पढ्ने हाे । पुस्तक पढ्ने भनेकाे मान्छेका ती ती क्षेत्रका गतिविधिहरूकाे प्रतिबिम्ब भएका कुरा पढ्ने हाे भने । उक्त कार्यक्रममा लेखक उज्ज्वल…
पुरा पढौ
समृद्धिका लागि : गठबन्धन
पाँच दलीय गठबन्धनका साझा उमेदवारहरुले अबको पाँच वर्ष विकास, समृद्धि र सुशासनका लागि हुने बताएका छन् । कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानका क्रममा उमेदवारहरुले यस्तो बताएका हुन् । गठबन्धनको तर्फबाट तर्फबाट कास्की क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले मुलुकलाई अप्ठ्यारो परेका बेला कम्युनिस्ट र काँग्रेसहरू एकदठाँउमा उभिँदै आएको बताए । ‘मुलुकलाई अप्ठ्यारो परेको बेला कम्युनिस्ट र काँग्रेसको कार्यगत एकता हुने गरेको छ, उनले भने, २००७ सालदेखि २०४६ हुँदै ६२–६३ सम्म आइपुग्दा कयौँ…
पुरा पढौ
सहकार्यबाटै समृद्धि कोइराला
पोखरा, २० कात्तिकसरकार बनाउने र गिराउने खेलमै रुमलिएको संसदीय राजनीति र दशक लामो सशस्त्र विद्रोह माओवादी– कांग्रेस सहकार्यले सुरक्षित अवतरण भए । दोस्रो जनआन्दोलनमा यो सहकार्यले अभूतपूर्व जनसमर्थन पायो, संघीय लोकतान्त्रिक गणतन्त्रमा देश गयो । त्यसपछि फेरिएको राजनीतिक समीकरणले देशलाई अघि बढाउन सकेन । अहिले फेरि माओवादी–कांग्रेससहित ५ दल गठबन्धन गरी सरकार सञ्चालनसँगै चुनावमा छन् ।कास्की १ का सत्ता गठबन्धनका उम्मेदवारहरुले अहिलेकै वाम–कांग्रेस सहकार्यबाट मात्रै स्थिरता, सुशासन र समृद्धिको यात्रा सफल हुने दाबी गरेका छन् । आइतबार रुपा गाउँपालिका वडा…
पुरा पढौ
सक्ने वाचा गर्छाै, जितेपछि पूरा गर्छाैंः विश्वप्रकाश
पोखरा, १७ कात्तिकनेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूहरुका प्रतिवद्धता चुनावी एजेन्डामात्र नभएको दाबी गरेका छन् । उनले विगतमा आफूले गरेका कामको फेहरिस्त पेश गर्दै सक्नेमात्र प्रतिवद्धता गर्ने र जित भएमा ती प्रतिवद्धता पूरा गर्ने जनाए । लामिछानेले भने, ‘जे बोलिन्छ, प्रतिवद्धता जनाइन्छ, त्यो पूरा गर्छाैं । २१ औं शताब्दीका जनतालाई झुक्याएर जनमत आफ्नो पक्षमा पार्न खोज्नेलाई जनताले चिन्नुभएको छ ।’ पोखरा ३३ मा भएको चुनावी सभामा लामिछानेले कोत्रे, पुँडीटार, बागमारा, कृस्ती हुँदै…
पुरा पढौ
भूमिगत पार्किङमा महानगरले चलायो डोजर ।
पोखरा १५, कार्तिक ।पोखरा महानगरपालिकाले प्रयोजन विपरीत सञ्चालनमा रहेका भूमिगत पार्किङहरू खालि गराउन सुरु गरेको छ । यसअघि भूमिगत पार्किङ सहित महानगरपालिकाबाट कर छुटको सुविधा लिएर निर्माण गरिएका व्यापारिक भवनहरूले ती पार्किङहरूलाई पार्किङको रूपमा नभई व्यापारिक प्रयोजनमा प्रयोग गरेको पाइएपछि महानगरपालिकाले पटक पटक हटाउन अनुरोध गरेको थियो । अधिकांशले महानगरपालिकाको अनुरोध बमोजिम पार्किङ खाली गरेको भए पनि अटेर गरी व्यवसाय सञ्चालन गरिरहेका कतिपय भवनहरूमा महानगरपालिकाले मङ्गलवार डोजर नै चलाएको हो । पोखराको चिप्लेढुंगा स्थित आरके बिल्डिङ, विशाल बजार, महेन्द्र पुल…
पुरा पढौ
माछापुच्छ्रे गाउँपालिकामा पक्की सडककाे माग
पोखरा, १४ कात्तिककास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने सडकमा लामो समयदेखि काम हुन सकेको छैन । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सो सडक अहिले अलपत्र छ ।निर्माण कम्पनीले निर्धारित समयमा काम नगरेपछि स्थानीय आक्रोशित छन् । सोमबार गाउँपालिकाको लाहाचोकमा घरदैलोका क्रममा स्थानीयले पालिकाको गौरवको सो सडक चाँडै सम्पन्न गर्न गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डारीसँग माग गरेका छन् ।उनीहरुले डेढ वर्षअघि सम्पन्न हुनुपर्ने सो सडकमा अहिलेसम्म पनि कालापत्रको काम नभएको भन्दै काम सुरु गर्न पहल गरिदिन आग्रह गरे । स्थानीय साजन अधिकारीले गाउँपालिका…
पुरा पढौ
पर्यटन र कृषिबाटै समृद्धि सम्भव छ : विश्वप्रकाश
नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (१) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले कृषि र पर्यटनका माध्यमबाट पोखरालाई समृद्ध पार्ने सकिने औंल्याएका छन् । आफूसँग पर्यटन र कृषिबाट समृद्धिको योजना भएको दाबी गर्दै उनले निर्वाचनमा अग्रगामी शक्तिलाई निर्वाचित गराउन आग्रह गरे । लामिछानेले आफूहरु फगत सत्ता प्राप्तिका लागि गठबन्धन गरेर निर्वाचनमा नहोमिएको जिकिर गर्दै विगतमा आफूले विभिन्न ठाउँमा नेतृत्व गर्दा देखाएका सपना पूरा गर्ने प्रतिवद्धता जनाए । उनले ढुंगेसाँघुलाई पर्यटनको केन्द्र बनाउने योजना सुनाए । पोखरामा…
पुरा पढौ
छठ पर्व मनाउँदै भक्तजनहरू
पाेखराकाे केदारेश्वर मन्दिरछेउकाे फेवाताल किनारमा अस्ताउँदाे सूर्यकाे पूजा आराधना सहित छठपर्व मनाउँदै भक्तजनहरू ।
पुरा पढौ