कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण सुरु
पोखरा । पोखरामा शनिबार देखि कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण सुरु भएको छ प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको ब्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । उक्त प्रशिक्षण कार्यक्रमको उद्धघाटन प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले गरेका थिए । उनलेसबै खेलकुदको जग नै विद्यालय भएकोले गण्डकी खेलकुद परिषदले प्रशिक्षणका कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताए । उनले यस्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रमले यूवा खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने उल्लेख गरे । कार्यक्रममा परिषदकी सदस्य एवं कार्यक्रम संयोजक…
पुरा पढौ
दिनेश चम्कदाँ तनहुँको जित
पोखरा । दिनेश बुढामगरको उत्कृष्ट ब्याटिङले दोस्रो प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा तनहुँले जितेको छ । तनहुँले म्याग्दीलाई ११६ रनले पराजित गर्दा उनी एक्लैले ९५ रनको बनाए ।पोखरा रंगशालामा व्याटिङका लागि तेस्रो क्रममा मैदानमा उत्रिएका म्याग्दीका बलर अशोक कार्कीको बलमा बोल्ड हुनु अघि ५३ बलको सामना गर्दै दिनेशले ६ छक्का र ७ चौका प्रहार गर्दै ९५ रनको योगदान दिए । तनहुँलाई सम्मानजनक स्कोर १७३ रन बनाउन उत्कृष्ट भूमिका खेलेका दिनेश म्यान अफ दि म्याच समेत घोषित भए । यस अघि…
पुरा पढौ
नीति कार्यक्रममा सञ्चार छुट्नु बलण्डर मिस्टेक,सरकारले माफी माग्नुपर्छ:खगराज अधिकारी
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा गम्भीर आपत्ति जनाउनुभएको छ । बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै उहाँले सरकारले माफी माग्नुपर्ने तहको कमजोरी गरेको बताउनुभयो । मुख्यमन्त्रीसँगै भएको मन्त्रालयको विषय १ सय ९१ बुँदे नीति तथा कार्यक्रममा कतै नहुनुलाई सामान्य भन्न नसकिने उहाँको भनाई छ ।‘मिस्टेक त होइन होला सरकार लोकतन्त्रको पनि अत्यन्त मसिहा…
पुरा पढौ
यू–१५ विद्यालय खेलकुदः बागमती प्रदेश च्याम्पियन
पोखरा । गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ काश्य पदक जित्यो । ६ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो । लुम्बिनीले ३ रजत र १० काश्य जित्यो । गण्डकी ५ स्वर्ण, ८ रजत र ७ काश्य जित्दै तेस्रो र कर्णाली ५ स्वर्ण, दुई रजत र दुई काश्य जिते । कोशी एक स्वर्ण, ७ रजत, ८ काश्य, सुदूरपश्चिम एक स्वर्ण, दुई…
पुरा पढौ
यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : टेबल टेनिसमा बागमती च्याम्पियन
पोखरामा रङ्गशालामा जारी यु–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा बागमती प्रदेश प्रथम बनेको छ ।५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको हो । दोश्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो । ३ रजत र २ कास्य पदक जितेको छ । बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए । दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त ग¥यो । ४ कास्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो…
पुरा पढौ
एथलेटिक्समा ४ स्वर्णसहित गण्डकी टिम च्याम्पियन
पोखरा । पोखरामा जारी यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ । एथलेटिक्सतर्फ गण्डकी प्रदेश ४ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित टिम च्याम्पियन भएको हो । गण्डकी टिम च्याम्पियन बन्न अनुष्काले दुई स्वर्ण पदक दिलाइन् । उनले छात्रा २ सय मिटर र ४ सय मिटर रिलेमा स्वर्ण हासिल गरिन् । गण्डकीले समग्रमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल ग¥यो । लुम्बिीनी प्रदेशले ३ स्वर्ण हासिल गर्दै दोस्रो स्थान…
पुरा पढौ
यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटवलको लिग चरणका खेलहरु सम्पन्न
पोखरा । पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्तर्गत बास्केटवल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा हिजो र आज बिहान गरी लिग चरणका खेलहरु सम्पन्न भएको रेफ्रि संयोजक सुनिल लामाले बताउनु भयो । छात्र तथा छात्रा तर्फको सेमिफाइनल र फाइनल खेल नै आजै हुने भएको छ । छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच हुने भएको छ भने दोश्रो सेमिफाइनल खेलमा…
पुरा पढौ
यू– १५ विद्यालय खेलकुद प्रतियोगिता :
जेठ ३० पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० अन्तर्गत बुद्धिचाल पोखराको लेकसाइडमा शुरु भएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको संयूक्त आयोजनामा प्रतियोगिता अन्तर्गत बुद्धिचाल बुधबारबाट शुरु भएको हो । प्रतियोगितामा सात प्रदेशका छात्र/छात्रा गरि दुई टोलीका चार चार जना गरि ५६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका चिफ आर्विटर बालाराम पुनले जानकारी दिए । राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा आज…
पुरा पढौ
यु–१५ खेलकुद प्रतियोगिता : बास्केटबल संयोजकलाई मापसेमा परे पछि सिधै रेडकार्ड
पोखरा । पोखरामा हिजोबाट सुरु भएको यु १५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा बास्केटबलको संयोजक मापसेमा परेका छन् । उनले मापसे प्रयोग गरेको भन्दै रंगशालाबाटै निकालिएको छ । बास्केटबल प्रतियोगिता बिहान ७ बजे हुने खेल तालिका थियो । तर उक्त खेलको संयोजक बास्केटबल संघका केन्द्रिय सचिव तथा प्रतियोगिता संयोजक रमेश खड्काले मापसे गरेको खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै ट्राफिक प्रहरी आएर मापसे गरे नगरेको परीक्षण गर्दा मापसे गरेको भेटिएको हो । खेलकुद मैदान भित्र मापसे गरेर आउनु भनेको खेलकुद…
पुरा पढौ
यु-१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता :
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा यु १५ विधालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तरगत एथलेटिक्स तर्फ पहिलो दिन १०० मिटर, ४०० मिटर र लङजम्प सम्पन्न भएको छ । १०० मिटर छात्रा तर्फ गण्डकीकी ऐन्जल अधिकारीले स्वर्ण पदक हासिल गरिन् । उनले १३ ः ५६ सेकेन्डमा दुरी पुरा गरिन् । लम्बिनीकी आरुशि भट्टराईले १३ः७२ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल गरिन् । बागमतीकी मुस्कान चौधरीले १४ः२७ सेकेन्डले दुरी पुरा…
पुरा पढौ