समाचार

फेस्टिबल अन्तरगत ५ ए साईड फुटबलको सेमिफाइनल सम्मको समिकरण पुरा

पोखरा । पोखरामहानगरपालिका २५ हेम्जा अम्मटमा जारी प्रथम 'आर एस बिच एण्ड फिस फेस्टिबल २०८१' अन्तरगत '५ ए साईड' फुटबलको सेमिफाइनल सम्मका समिकरण पुरा भएको छ । आज (आइतबार) ५ ए साईड फुटबल प्रतियोगिताको सेमिफाइलका खेल सम्पन्न भएको थियो । आज सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा चरि सुसान एफसी र दोस्रो सेमिफाइनल खेलमा आयोजक आर एफसी विजयी भएको छ । चरि सुसानले बिल्डिङ एफसीलाई ५–२ गोल अन्तरले र आयोजक आर एफसीले हेम्जा २५ लाई ५–२ गोल अन्तरले पराजित गर्दे फाइनलको… पुरा पढौ

वान डे क्रिकेट उपाधिको लागि पोखरा र राईजिङ भिड्ने

पोखरा । पोखरामा जारी वान डे क्रिकेट प्रतियोगिताको भोलि (सोमबार) पोखरा क्रिकेट क्लब र राईजिङ क्रिकेट क्लब बिच उपाधिको लागि भिड्न्त हुने भएको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा पोखरा क्रिकेट क्लबले अरण्यज्योतीलाई ७० रनले हराउँदै फाईनलमा प्रवेश गरेको हो । १५१ रनको विजयी लक्ष्य पाएको अरण्यज्योती ३०.२ ओभरमा ८० रनमा अलआउट हुँदा पोखराले फाइनलको यात्रा तय गरेको हो । अरण्यज्योतीका लागि सुलभ सुवेदीले १७ र प्रदिप पौडेलले १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।ओपनर कल्याण कुमाल… पुरा पढौ

वान डे क्रिकेट : राइजिङ फाइनलमा

पोखरा । राइजिङ क्रिकेट क्लब पोखरामा जारी क्लब स्तरीय वान डे क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसिपमा राइजिङले कास्की क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । १०३ रनको विजयी लक्ष्य पाएको राइजिङले २४.३ ओभरमा ७ विकेट गुमाउँदै १०५ रन बनायो । राइजिङका लागि ओपनर अनिल गुरुङले ४६ रन बनाउदै नटआउट रहे । उनले ६७ बलमा ६ चौका समेत प्रहार गरे । यस्तै विमल… पुरा पढौ

साफ महिला फुटबल : नेपालको सानदार प्रदर्शन

साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत आज (बिहिबार) भएको खेलमा नेपालले सान्दार खेल प्रदर्शन गर्दे श्रीलंकालाई ६–० ले पराजित गरेको छ ।साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमै ४ गोल गरेको थियो । दशरथ रङ्गशालामा जारी साफ महिला फुटबलको आज भएको खेलमा विपक्षी श्रीलंकालाई खेल अवधिभर दबाबमा राख्दै नेपाली चेलीहरुले सान्दार खेल पसक्यो ।नेपालले सुरुवातबाटै दबाबमा राखेको खेलमा आठौ मिनेटमा सबिता राना मगरले गोलको खाता खोलेकी थिईन। साबित्रा भण्डारीले १२ औँ मिनेटमा दोस्रो गोल गरिन। खेलको १३ औ र ३६ औ… पुरा पढौ

वान डे क्रिकेट : अर्जुनको शतकीय प्रदर्शनीले कास्की सेमीफाइनलमा

पोखरा । पोखरामा जारी कास्की जिल्ला स्तरिय अन्तर क्लब एक दिवसिय क्रिकेट प्रतियोगितामा अर्जुन कुमालको शतकीय प्रदर्शनीसँग कास्की सेमीफाइनलमा प्रवेश गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा समुह वि तर्फ कास्की क्रिकेट क्लबले माछापुच्छे« क्रिकेट क्लबलाई एस सय २२ रनले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो । कास्कीको जितमा अर्जुन कुमाल नायक बने । उनले १५१ रनको उत्कृष्ट पारी खेले । ३२९ रनको विजयी लक्ष्य पछ्याएको माछापुच्छ«े २७.४ ओभरमा ११० रन बनाउँदै अलआउट हुन पुग्यो । माछापुच्छे«का ओपनर… पुरा पढौ

साफ महिला फुटबल : पहिलो हाफ नेपाललाई ४ गोलको अग्रता

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा ४ गोलको अग्रता कायम गरेको छ ।दशरथ रङ्गशालामा जारी साफ महिला फुटबलमा आज (बिहिबार) भएको खेलमा नेपालले श्रीलंकालाई दबाबमा राख्दै खेलको पहिलो हाफमै ४ गोल गरेको हो। नेपालले सुरुवातबाटै दबाबमा राखेको खेलमा आठौ मिनेटमा सबिता राना मगरले गोल गर्दे अग्रता बनाएको थियो। साबित्रा भण्डारीले १२ औँ मिनेटमा दोस्रो गोल गरिन। खेलको १३ औ र ३६ औ मिनेटमा रेखा पौडेलले गोल गर्दे नेपाललाई पहिलो हाफमा ४ गोलको अग्रता दिलाईन । नेपालले पहिलो खेलमा भुटान… पुरा पढौ

२४ औं आहा ! रारा पोखरा गोल्ड कप माघ २२ देखि

पोखरा । २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को मिति तय भएको छ । मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्ने जनाएको हो । नेपालको फुटबल इतिहासमा निरन्तर सञ्चालित एकमात्र प्रतियोगिता आहा ! रारा गोल्डकप हो । समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघलाई सिफारिस गरेकोमा सो मिति उपलब्ध भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।… पुरा पढौ

सिद्धि गौचन स्मृति पुरस्कार : हिमाली सांस्कृतिक परिवारलाई

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले लोक संस्कृतिको संरक्षणमा झण्डै तीन दशकदेखि क्रियाशील हिमाली सांस्कृतिक परिवारको नाम सिफारिस गरेको हो । पौडेलको संयोजकत्वमा वरिष्ठ लोकदोहोरी गायिका तथा बहुआयामिक व्यक्तित्व हरिदेवी कोइराला, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाको तीन सदस्य समितिको सिफारिसलाई पुरस्कार कोषका संस्थापक विश्वमोहन गौचनसहितको बैठकले सर्वसम्मत अनुमोदन गरेको अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले जानकारी… पुरा पढौ

पोखरामा अन्नपूर्ण साउथ आरोहणका तस्बिर प्रदर्शनी

पोखरा । पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदर्शनी सुरुआत गरे । यो प्रदर्शनी अबको एक हप्तासम्म चल्नेछ । अन्नपूर्ण साउन एक्सपेडिसन १९७९ का दुई सदस्यसमेत प्रदर्शनीमा सहभागी थिए ।जेल्ज ट्रकबाट हिमालयको फेदीसम्म पुग्ने लक्ष्य लिएर आएको पोलिस टोली १० हजार ६ सय किमी यात्रा गरी पोखरा आइपुगेको हो… पुरा पढौ

वान डे क्रिकेट : पोखरा सेमीफाइनलमा

पोखरा । पोखरा क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय वान डे क्रिकेट प्रतियोगितामा गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियसिप २०८१’ को समुहको विजेता बनेको हो । ८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि सिबृन श्रेष्ठले ३५… पुरा पढौ