अन्तर समाज तारो खेलको उपाधि पुन समाज पोखरा’ए’ लाई
पोखरा । पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारो खेल (भेजो) प्रतियोगिताको उपाधी पुन समाज पोखरा एले जितेको छ । उपबिजेता म्याग्दी मगर समाजलाई १३३ का विरुद्ध १३८ अंक प्राप्त गर्दै उपाधी हात पारेको हो । प्रतियोगितामा १२५ अंक सहित नेपाल छन्त्याल समाज नदीपुरले तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो । पुन समाज नेपालले भुमे पर्व २०८१ को अवसर पारी तारो समितिको आयोजनामा प्रथम पटक स्थानीय अन्तर समाज तारो खेलको आयोजना गरेको हो । प्रतियोगितामा प्रथम…
पुरा पढौ
कास्की र तनहुँलाई ह्यान्डबलको उपाधि
गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँले उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ तनहुँले उपाधि हात पारेको हो । आइतबार सम्पन्न महिलातर्फको फाइनल खेलमा कास्कीले स्याङजालाई १२–२ को फराकिलो गोलअन्तरले हारउँदै उपाधि चुमेको हो । उता पुरुषतर्फ तनहुँले कास्कीलाई ३४–३३ गोलले हराउँदै उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पुरुषतर्फको खेल निर्धारित समय २७–२७ गोलको बराबरी भएसँगै १० मिनेटको अतिरिक्त समय…
पुरा पढौ
हेमजा हिले महोत्सव हुने
पोखरा । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते चौथो संस्करणको 'हेमजा हिले महोत्सव २०८१' हुने भएको छ । देविस्थान सेवा समाज हेमजाको आयोजनामा हुने हिले महोत्सवमा समग्र पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढने अपेक्षा गरिएको छ। । हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उदेश्य साथ महोत्सवको आयोजना गर्न लागेको आयोजकले जनाएको छ। “कृषिमा कृषकलाई प्रोत्साहन ः विष्णुपादुका माई मन्दिर हेमजाको सान” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा हिले फुटबल, महिला पुरुष हिले…
पुरा पढौ
पर्यटनको विकासबाट मुलुकको आर्थिक समृद्धिः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर श्रोत भएको नेपालले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हाँसिल गर्नसक्ने बताउनुभएको छ । पोखराको नोवेल एकेडमीले भारतको एसएसपीजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा शनिबार आयोजना गरेको धार्मिक पर्यटनः वर्तमान समयमा चुनौती र अवसरहरू सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रदेश प्रमुखले यस्तो बताउनुभएको हो । ‘पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पर्यटक भित्रन ठूलो सहयोग गर्ने विश्वास लिएको छु’ उहाँले भन्नुभयो – ‘विद्वत एवं प्रवुद्ध वर्ग सहभागी यस्ता अन्तर्राष्ट्रिय…
पुरा पढौ
कारागारका महिलालाई सेनेटेरी प्याड,युरोगार्ड र म्याट्रेक्स वितरण
पोखरा । महिला पर्यटन व्यवसायी मञ्चको आयोजना एवम् जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलाहरूलाई आज सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरिएको छ । कार्यक्रममा सेनेटरी प्याड एक हजार २०० थान, म्याट्रेक्स एक रोल र युरो गार्ड एक थान हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले बताईन । मञ्चका संस्थापक अध्यक्षतामा जमुना पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्मा, मञ्चका पदाधिकारी लगायतको उपस्थिति थियो । मञ्चले सामाजिक उत्तरदायित्व अन्तर्गतका…
पुरा पढौ
आर्चरीमा कास्की च्याम्पियन
पोखरा । तेस्रो सस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ । पोखरामा आज(शनिबार) सम्पन्न प्रतियोगितामा कास्कीले कुल ७ पदक प्राप्त गर्दै च्याम्पियन भएको हो । प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ३ काश्य गरी कुल ९ पदकका लागि भएको प्रतिस्पर्धामा कास्की ३ स्वर्ण, २ रजत र २ काश्य पदक प्राप्त गरी च्याम्पियन हुँदा बागलुङ १ रजतका साथ दोस्रो हुँदा म्याग्दी १ काश्य पदकका साथ तेस्रो बन्न सफल भएको छ । पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा भएको रिकर्व मेन्स सिंगल्सतर्फ…
पुरा पढौ
युनाइटेडको तनाब ब्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतना प्रशिक्षण
पोखरा । युनाइटेड क्लबको आयोजनामा प्रशिक्षण तथा सचेतना कार्यक्रममा भएको थियो ।उक्त कार्यक्रममा क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका पदाधिकारी तथा सदस्यहरुलाई तनाव ब्यवस्थापन तथा क्यान्सर रोगको बारेमा सचेतना दिने उद्देश्यले आयोजना गरिएको हो । सो अवसरमा प्रशिक्षण प्रदान गर्दै डाक्टर योगी बिकाशनन्दले नकारात्मक बिचारका कारण तनाव उत्पन्न हुने भएकाले आफ्नो बिचारलाई कन्ट्रोल गर्न सके तनाव कम हुने बताए । नकारात्मक बिचारले नकारात्मकता तर्फ उन्मुख गराउने भएकाले नकारात्मक सोँचलाई…
पुरा पढौ
यातायात क्षेत्रका मजदुर तथा व्यवसायीलाई तालिम
पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा पर्यटन यातायात क्षेत्रका मजुदर(चालक/सहचालक) तथा व्यवसायीका लागि दुुई दिने तालिम आजदेखि सुरु भएको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्यटनमैत्री वातावरणका लागि यातायात व्यवस्था राम्रो हुनुपर्नेमा जोड दिनुुभयो । यातायात व्यवस्थालाई सहज एवम् प्रभावकारी बनाउनका लागि राम्रो इन्जिनियरिङ भएको बाटो, सबारीसाधनको राम्रो इन्जिनका साथै यातायात शिक्षाको पालना आवश्यक भएकोमा उहाँले जोड दिनुुभयो ।…
पुरा पढौ
स्केटबोर्ड प्रतियोगितामा समिर भण्डारी प्रथम
पोखरा । पोखरामा आज भएको स्केटबोर्ड प्रतियोगितामा समिर भण्डारी प्रथम भएका छन । विश्व स्केटबोर्ड दिवसको अवसरमा नेपाल स्केटबोर्ड संघले आयोजना गरेको ११ औं जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगितामा भण्डारी प्रथम भएका हुन । उनले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । सो प्रतियोगितामा सुमित गुरुङ द्धितिय र अनिस गुरुङ तृतिय भए । प्रथम भएका समिरले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । द्धितिय भएका सुमितले स्केट ट्रक र तृतिय बनेका अनिसले सेफ्टी प्याडसहित मेडल र प्रमाणपत्र हात पारे ।…
पुरा पढौ
‘हेमजा भेट्रान्स कप’: दर्शकको साथ पोखरा १२ लाई उपाधि पोखरा १३ लाई
पोखरा । आज (शुक्रबार) सम्पन्न भएको अन्तर वडास्तरीय 'हेमजा भेट्रान्स कप' २०८१ को फाइनल खेल हेर्न आएका अधिकाश दर्शक पोखरा १२ को सपोर्टमा थियो । त्यस्को बाबजुद पनि उपाधि जित्न सकेन । पोखरा १३ ले ३–० गोल अन्तरले पोखरा १२ लाई पराजित गर्दे च्याम्पियन बन्यो । खेलको ७ औं मिनेटमा १३ का नरेन्द्रजगं गुरुङले गोल गरे । उनले किपर बाट रिबाउण्ड भएर आएको बललाई गोलमा परिणत गरेका थिए। पोखरा १२ का नितिश श्रेष्ठले ५० औ मिनेटमा गरेको पावरफुल प्रहार सेकेण्डबारमा…
पुरा पढौ